काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आइडल विजेता करण परियारलाई गितार उपहार दिएका छन् ।
आज बुधबार बिहान बालुवाटार निवासमै बोलाएरै प्रधानमन्त्रीले करणलाई बधाइसँगै गितार उपहार दिएका हुन् । खेल र संगीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको पनि प्रधानमन्त्री प्रचण्डले बताए ।
युवापुस्तासँग आफू सँगसँगै रहेको बताउँदै उनले सांगीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले परियारले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मिहिनेत गर्ने विश्वास व्यक्त गरे ।