मेलवर्न । नेपाली संघ भिक्टोरियाको नयाँ कार्यकालको लागि अध्यक्ष पदमा डा. एकिन्द्र तिमिल्सेना सर्वसम्मत भएका छन् । उपाध्यक्ष पद बाहेक अरु पदमा डा. एकिन्द्रकै समूह सर्वसम्मत भएको हो ।
बरिष्ठ उपाध्यक्ष पदमा भने प्रकाश काजी थापा र सुदिप श्रेष्ठवीच चुनाव भएको थियो । जसमा ३३४ भोटको साथ श्रेष्ट विजयी भएका छन् भने प्रकाश काजी थापाले ११७ भोट प्राप्त गरेका छन् । सोमबार अनलाइन मतदानमार्फत उपाध्यक्ष पदमा मात्र चुनाव भएको थियो ।
यस्तै महिला उपाध्यक्षमा जेनिशा गौतम, कोषाध्यक्षमा यज्ञराज जोशी तथा सदस्यहरुमा उज्जवल अधिकारी, सुनिल खड्का, निराजन रेग्मी र विराज थापा सर्वसम्मत भएका छन् ।
निर्वाचन सम्पन्न गर्नको लागि हेम दुलालको नेतृत्वमा ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।