रोयल वेस्टर्न्स क्लबको ९औं वार्षिक साधारण सभा सम्पन्न

मेलवर्न । रोयल वेस्टर्न्स क्लबको ९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

क्लबका अध्यक्ष रोशन दहालको अध्यक्षतामा यही ७ जुलाईमा तिनकुने सेकुवा कर्नर, सनशाइनमा ९औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको हो । क्लब सचिव तेज कार्कीद्वारा सन्चालन गरिएके उक्त ६० भन्दा बढी क्लब सदस्यहरूको उपस्थिति रहेको थियो ।

क्लब उपाध्यक्ष निर्मला शर्माको स्वागत मन्तव्य सँगै शुरु भएको कार्यक्रममा कोषाध्यक्ष सुजात भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै अध्यक्ष रोशन दहालले अध्यक्ष र कार्यक्रम अध्यक्ष दुबैको भूमिकामा वार्षिक प्रतिवेदन प्रस्तुत गरे। वित्तीय प्रतिवेदन र वार्षिक प्रतिवेदन दुबै सहभागीहरूले सर्वसम्मतिले अनुमोदन गरेका थिए ।

कार्यक्रममा रोयल वेस्टर्न्स क्लबका पूर्व अध्यक्ष बम योन्जन, एनआरएनए आईसीसी पूर्व उपाध्यक्ष दुर्गा आचार्य, एनआरएनए आईसीसी पूर्व उपमहासचिव नारायण काफ्ले, अष्ट्रेलियन लेबर पार्टी टार्नेट अध्यक्ष महेश भण्डारी, लाइफ ब्लड टास्क फोर्सका संयोजक सुशील चालिसे, क्लबका प्रमुख प्रशिक्षक तथा नेपाली महिला राष्ट्रिय टोलीका कोच विष्णु गुरुङ, काठमाडौं प्रोपर्टिजका निर्देशक सुदीप न्यौपाने, सामुदायिक  नेता सुरेश पोखरेल, क्लब खेलाडी रमेश बर्तौला लगायतले मन्तव्य राखेका थिए ।

वक्ताहरूले क्लबसँगको आफ्नो अनुभव सुनाउदै आगामी दिनमा पनि समर्थन जारी राख्ने प्रतिवद्धता व्यक्त गरेको क्लबका जनसम्पर्क अधिकृत उज्जवल अधिकारीले जानकारी दिए । जेनीशा गौतमको मन्तव्यसँगै कार्यक्रम समापन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर