काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई भेटेर शुभकामना तथा बधाइ नदिन आग्रह गरेका छन् । सामाजिक सन्जालमा आज स्टाटस लेख्दै ओलीले बरु म्यासेन्जरमा शुभकामना दिन भन्दै भेटमा पनि खादा र मालाको प्रयोग नगर्न बताएका छन् । उनले लेखेका छन्,
शुभ प्रभात !!
विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन्। प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरुको समयको पनि बचत हुन्छ। शुभेच्छुक सबैलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादा/माला प्रयोग नगर्न अनुरोध गर्छु।