काठमाडौँ । लीलादेवी गड्तौला नेपालको प्रशासनिक इतिहासमा पहिलो महिला मुख्यसचिवमा नियुक्त भएकी छिन् ।

आज बिहीवारको मन्त्रिपरिषद् बैठकले सरकारको कामु मुख्यसचिव लीलादेवी गड्तौलालाई मुख्यसचिव बनाउने निर्णय गरेको हो। त्यस्तै मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र सदस्यहरू पनि नियुक्त गरेको छ।

गड्तौलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाइ तथा शुभकामनासमेत दिनुभएको छ । सामाजिक सन्जालमा आज ओलीले बधाइ दिनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर