मेलवर्नको नेपाली बहुसांस्कृतिक केन्द्रमा यसरी मनाइँदै यसपालीको तीज

मेलवर्न । मेलवर्नको डन्कन्स लेन स्थित नेपाली बहुसांस्कृतिक केन्द्रमा यसपटकको तीज कार्यक्रम धुमधामको साथमा मनाइने भएको छ ।

तीजको दिन ६ सेप्टेम्बर शुक्रवार अष्ट्रेलियन नेप्लिज मल्टीकल्चरल सेन्टर (एएनएमसी)को बहुसांस्कृतिक केन्द्रमा नेपालबाट अतिथिको रुपमा बहुचर्चित नेपाली कलाकारहरुसहित भव्य रुपमा नेपाली चेलीहरुको महान पर्व हरितालिका तीज मनाइने भएको हो । भिक्टोरियामा रहेका सबै नेपाली समुदायहरुको विशेष उपस्थितीमा भव्य पूजाआजासहित नाँचगान कार्यक्रम आयोजना गरिएको एएनएमसीका अध्यक्ष गान्धीप्रसाद भट्टराईले जानकारी दिए ।

क्र्यागीवर्न नेपाली समाजको मुख्य प्रयोजन, इमिग्रेट लयर्स र इन्द्रेणी ग्रोसरीको सहप्रायोजन, दिदीबहिनी समाज भिक्टोरिया र नारी निकुञ्जसँगको सहकार्यमा आयोजित तीज कार्यक्रममा नेपालबाट बहुचर्चित राष्ट्रिय कलाकार खुमन अधिकारी र शोभा त्रिपाठीसहित मेलवर्नमा रहेका स्थानीय कलाकारको वृहत प्रस्तुती समेत रहने भएको छ । विहान ७ बजेदेखी साँझ ७ बजेसम्म पूजाआजा तथा सांस्कृतिक कार्यक्रम हुने भएको हो ।

त्यस्तैगरी बालबालिकाहरु लक्षित गतिविधि, प्रसाद वितरण तथा अन्य विविध सांस्कृतिक कार्यक्रमहरुपनि रहने कार्यक्रम संयोजक तथा एएनएमसी सचिव डा. तिलक पोखरेलले जानकारी दिए ।

नेपाली संघ भिक्टोरिया (न्याभ) तथा एनआरएनए भिक्टोरियाको विशेष सहयोग रहेको उक्त दिनभर शिवको पूजाआजा हुनेछ ।

यस्तै यही सोमबार ५ अगष्टको दिन पनि बाल व्यास श्रावण गुरुको विशेष उपस्थितीमा शिव पूजा र सन्ध्या महा आरती आयोजना गरिएको छ । मेलवर्नबासी सबै भक्तजनहरुलाई एएनएमसीको प्रांगणमा उपस्थित भएर पर्व मनाउन आह्वान गरिएको छ ।

तीज कार्यक्रमलाई ग्रेस इन्टरनेशनल, सुत्र सर्भिसेस, एक्सपर्ट एजुकेशन, रिद्धिसिद्धि गहना पसल, आइसीएस इन्टरनेशनल, रत्न ज्वेलर्सले व्यावसायिक तथा एनएनसीआइ, गुल्मी समाज भिक्टोरिया, हाम्रो कम्युनिटी, चितवन समाज भिक्टोरिया, मेलवर्न नेपाली कम्युनिटी वेस्ट, फोकनर नेपाली समाज, काल्ड भोइसेसले सहयोग गरेका छन् भने मिडियाको रुपमा कनेक्ट नेपाली, लक्ष्मण, केबिसी र एसबिएसले सहकार्य गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय