अस्ट्रेलियाको राजदूतमा कान्ता रिजाल सिफारिस
सिड्नी । सरकारले कान्ता रिजाललाई अस्ट्रेलियाका लागि नेपाली राजदूतका रुपमा नियुक्तिका लागि सिफारिस गरेको छ ।
राजनीतिक समीकरण बदलिएर प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा कांग्रेस-एमालेको संयुक्त सरकार बनेको दुई सातापछि सोमबार बसेको मन्त्रिपरिषद बैठकले रिजाल सहित १८ देशमा राजदूत नियुक्तिका लागि सिफिारिस गर्ने निणर्य गरेको हो ।यस अगाडी इजरायलमा राजदुत जिम्मेवारी सम्हालिरहेकी रिजाललाई अस्ट्रेलिया पठाउने सरकारले निणर्य गरेको हो ।
अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेललाई भने फिर्ता बोलाइएको छ । यो संगै रिजाल अस्ट्रेलियाका लागि पहिलो नेपाली महिला राजदूत बनेकी छिन् ।  कान्ता रिजाल पुराना कांग्रेस नेता गणेश रिजालकी छोरी हुन् ।
गणेश रिजाल पाँचथरका पूर्व कांग्रेस पार्टी सभापती हुन् । उनि २०१५ सालका सांसद समेत हुन् । रिजाल पहिलो संविधान सभाको निर्वाचनमा कांग्रेसको तर्फबाट समानुपातिक तर्फको उम्मेद्धार समेत थिइन् । रिजालले महिला विकास अधिकृतको रुपमा समेत काम गरेको अनुभव रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय