मेलवर्नस्थित नेपाली बहुसांस्कृतिक केन्द्रमा यस्तो रह्यो श्रावणको अन्तिम सोमबार

मेलवर्न – मेलवर्नको डिगर्स रेस्टस्थित नेपाली बहुसांस्कृतिक केन्द्रमा अष्ट्रेलियन नेप्लिज मल्टीकल्चरल सेन्टरको आयोजनामा श्रावण महिनाको अन्तिम सोमबार विशेष शिव पूजा आजा, आराती, भजन कृतनको साथमा महा रुदाभिषेक गरी मनाइएको छ ।

श्रावण महिना लागेसँगै हरेक सोमबार विशेष पूजाआजा हुँदै आएको नेपाली मन्दिरमा अन्तिम सोमबार बाल व्यास श्रावण गुरुको विशेष उपस्थितीमा भव्यताका साथ सम्पन्न भएको हो ।

साँझ ५ बजेबाट भजन कृतन शुरू भएको थियो भने साढे ५ बजेबाट पशुपतिको झल्को दिनेगरी सन्ध्या महाआराती गरिएको थियो ।

भक्तजनको लागि विहानै बाट मन्दिर खुला रहेको र करिब ७ सय भन्दा बढी श्रद्धालुहरुको उपस्थिती रहेको एएनएमसीका अध्यक्ष गान्धी प्रसाद भट्टराईले जानकारी दिए ।

यसपटकको श्रावणको अन्तिम सोमबार नेपाली मन्दिरमा भव्य बन्यो, उनले भने, काठमाडौंको पशुपतिकै झल्को दिनेगरी महा आरती, भजन कृतन र पूजाआजा सम्पन्न भयो ।

त्यस्तै विशेष अतिथिको रुपमा आएका बाल व्यास गुरुले दिएको प्रवजन र मन्दिरका पण्डित नारायण प्रसाद ज्ञावलीको उपस्थितीमा श्रद्धालुहरुले शिवको पूजाआजा गरे ।

भट्टराईले अष्ट्र्रेलियामा पहिलो पटक यसप्रकारको भव्य महाआरती भएको समेत जानकारी दिए । पण्डित ज्ञावलीले सहजीकरण गरेको उक्त भव्य समारोहमा दिनेश थापा, डिबी कालिज, विश्वराज जोशी, गोविन्द भण्डारी लगायतले भजनकृतनको अगुवाई गरेका थिए भने नेपालबाट आएका अभिभावकहरुले समेत निकै उत्साहजनक सहभागिता जनाएका थिए ।

त्यस्तै अभिभावकहरुको लागि केही नेपाली सामुदायिक संस्थाहरुले निशुल्क यातायातको व्यवस्था समेत गरेका थिए ।नेपाली संघ भिक्टोरिया र एनआरएनएको सहयोगमा उक्त कार्यक्रम सम्पन्न गरिएको एएनएमसीका सचिव डा. तिलक पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय