हाम्रो कम्युनिटीद्वारा आयोजित तीज कार्यक्रमः दाजुभाइले मादल बजाउने, दिदीबहिनी नाँच्ने

मेलवर्न । हाम्रो कम्युनिटीले विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि परम्परागत तरिकाले तीज मनाउने भएको छ । यही ३१ अगष्ट शनिवारको दिन रकव्यांकमा आयोजित तीज कार्यक्रममा महिलाहरुको महान पर्व हरितालिका तीज मनाउन लागिएको हो ।

तीजको समयमा कलाकारहरु बोलाउने र कार्यक्रम गर्ने होडबाजी नै चलेको भन्दै हाम्रो कम्युनिटीले भने परम्परागत शैलीमा आफै गाउने, बजाउने र नाच्ने गरी तीज पर्व मनाउन लागेको अध्यक्ष प्रकाश अर्यालले जानकारी दिए ।

उनले सो अवसरमा डम्फु र मादल बजाएर तीज धमाका गरिने जानकारी दिदै मेलवर्नमा रहेका स्थानीय नेपाली कलाकारहरुलाई पनि विशेष प्रोत्साहन गरिने जनाए ।

भिक्टोरिया राज्य सरकारको सहयोग प्राप्त उक्त कार्यक्रमलाई अजि फाइनान्सले मुख्य प्रायोजन गरेको छ भने आइसीएस इन्टरनेशनल एजुकेशन एन्ड माइग्रेसनले प्लाटिनम स्पोन्सर तथा ८८४८ फेमिली मार्टले गोल्ड स्पोन्सरको रुपमा सहयोग गरेको छ ।

रकव्यांक कम्युनिटी हलमा आयोजित उक्त कार्यक्रम शनिवार साँझ ५ बजेदेखि ११ बजेसम्म चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय