दिदीबहिनी समाज भिक्टोरियाले यसरी मनाउँदै यसपालीको तीज

मेलवर्न । दिदी बहिनी समाज भिक्टोरियाले आगामी २४ अगस्टको दिन नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज भव्यताका साथ मनाउने भएको छ । मेलबर्नस्थित सेन्ट बर्नाडेट्स कम्युनिटी सेन्टर, सनशाइन नर्थमा आयोजना हुन लागेको यस कार्यक्रमको मुख्य आकर्षण भनेकै नेपालको प्रसिद्ध गायिका कोमल ओली र रमेश जीसीको सांगीतिक प्रस्तुति हुनेछ।

कार्यसमिति सदस्य अनिता भण्डारीले दिएको जानकारी अनुसार कार्यक्रममा साँझ ६ बजेदेखि पाहुनाहरूको आगमन हुनेछ भने विभिन्न सांस्कृतिक प्रस्तुति, अतिथि वक्ताहरूको सम्बोधन, बालबालिकाहरूका लागि विशेष क्रियाकलापहरू, परम्परागत खाना, अनलिमिटेड नृत्य र ३६० भिडियो जस्ता मनोरञ्जनात्मक क्रियाकलापहरूको आयोजना गरिएको छ ।

संस्कृति संरक्षण आशा जगाउने अभियान भन्ने नारा सहित मनाउन लागिएको उक्त तीज कार्यक्रम मार्फत पश्चिम नेपालका पीडित र जोखिममा परेका महिलाहरूलाई सहयोग गर्न, उनीहरूको पुनर्स्थापना र समाजमा पुनः एकीकृत गर्न मद्धत गर्ने लक्ष्य राखिएको छ । यस अभियानले बलात्कार र घरेलु हिंसाबाट पीडित महिलाहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य समाजले राखेको भण्डारीले जनाइन् ।

कार्यक्रमलाई एक्स्पर्ट एजुकेशन एन्ड भिजा सर्भिसेसले मुख्य प्रायोजन गरेको छ भने चान्डलर आरटीओ, इन्द्रेणी ग्रोसरी, नेभिस एनडीआइएस सर्भिस प्रोभाइडर, लौमन्ती मेलवर्न, बुद्ध ट्राभल्स, ग्रिनलिफ ल्याण्डस्केप्स र ड्रिमहोम कन्भेयन्सिँगले सहयोग गरेका छन् ।

कार्यक्रममा सक्रिय सहभागिताको निम्ती दिदिबहिनी समाज भिक्टोरियाले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय