काठमाडौं । अमेरिकामा २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानी हत्या गरेको अस्वथामा शव फेला परेको छ । सोमबार साँझ टेक्सासको ह्युस्टनस्थित उनको अपार्टमेन्टमा मुना मृत अवस्थामा फेला परेकी हुन् । ह्युस्टन प्रहरीका अनुसार अधिकारीहरूले उनलाई छातीमा गोली लागेको अवस्थामा फेला पारेका हुन् ।
घटना वेस्ट एयरपोर्ट बुलेभार्डमा भएको थियो, जहाँ प्रहरीले पाण्डेको शव फेला पारेको थियो। प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा प्यारामेडिकले उनलाई घटनास्थलमै मृत घोषणा गरेका थिए ।
हालसम्म कुनै संदिग्धको पहिचान हुन सकेको छैन र अनुसन्धान जारी रहेको प्रहरीको भनाई । शवलाई पोस्टमार्टमका लागि पठाइएको छ ।
नेपालको भोजपुर निवासी पाण्डे ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन् । पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका आएकी थिइन् ।
प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ । उनको घर भोजपुर रहेको जनाइएको छ ।