वामी विश्व सम्पर्क मञ्च ठूलाखर्क इकाईको प्रथम अधिवेशन: खरालकै अध्यक्षतामा यस्तो बन्यो नयाँ कार्यसमिति

मेलवर्न । वामी विश्व सम्पर्क मञ्च–ठूलाखर्क इकाइको दोस्रो साधारण सभा र पहिलो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। गुल्मी मुसिकोट नगरपालिका वार्ड नं ८ ठूलाखर्कलाई केन्द्रित गर्दै २०७७ सालमा स्थापना भएको वामी विश्व सम्पर्क मञ्च–ठूलाखर्क इकाइको दोस्रो साधारण सभा र पहिलो अधिवेशन भव्य रूपमा सम्पन्न भएको हो ।

संस्थाका अन्तर्राष्ट्रिय अध्यक्ष झविन्द्र खरेलको अध्यक्षता तथा प्रा. डा. ईश्वरी पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम संस्थाका स्थानीय अध्यक्ष हुमाकान्त खरालले तयार पारेको प्रगति विवरण प्रतिवेदन पेश गरिएको थियो भने कोषाध्यक्ष बेदप्रसाद खरेलले संस्थाको आय–व्यय प्रतिवेदन पढेर सुनाएका थिए ।

पछिल्लो कार्यकालमा यस संस्थाले गरेका कामहरुको प्रशंसा गर्दै वक्ताहरू शेषकान्त खरेल, शारदा शर्मा पौडेल, बैकुण्ठ रायमाझी, हेमनाथ खराल, हरिनारायण सापकोटा, रोमकान्त सापकोटा, प्रमुख अतिथि डाक्टर ईश्वरी पाण्डेले थप प्रगतिको कामना गरेका छन् ।

यस्तै उक्त संस्थाले आगामी कार्यकालका लागि १३सदस्य नयाँ कार्यसमितिको चयनसमेत गरेको छ। नयाँ कार्यसमिति अध्यक्षमा गुल्मी तम्घासमा होटल व्यवसाय गर्दै आएका निवर्तमान अध्यक्षसमेत रहेका खराल नयाँ कार्यकालका लागि फेरि निर्वाचित भएका छन् भने उपाध्यक्षमा क्रमशः हरि खराल (मैनडाँडा), प्रिन्सेस खरेल (जापान), र प्रकाश लामिछाने (जापान) निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै महासचिवमा अमेरिकामा बस्दै आएका कुशल खरेल, सचिवमा सीतापुर मावि अर्लङ्कोटका शिक्षक रमेश खरेल, कोषाध्यक्षमा ठूलोखर्क प्रावीका प्रधानाध्यापक वेदप्रसाद खरेल चयन भएका छन् ।

सदस्यहरूमा क्रमशः बिनाराम खरेल (जापान), कृष्णप्रसाद खरेल (जापान), विष्णुबहादुर बिक (कतार), दीपक सापकोटा (अस्ट्रेलिया), होमकला पौडेल (घैयार) निर्वाचित भएका छन् ।

संस्थाको लेखा समिति संयोजकमा गोविन्द खरेल निर्वाचित भएका छन् भने कार्यक्रम सञ्चालन सचिव कुशल खरेलले गरेका हुन् ।

संस्थाले विभिन्न देश–विदेशहरूमा रहेका युवाहरूलाई प्रमुख सम्पर्क व्यक्ति रहनेगरी सम्बन्धित देशको संयोजक पनि तोकेको छ । संयोजकहरूको अन्तिम नामावली तयार हुन बाँकी रहेको नवनिर्वाचित अध्यक्ष खरालले बताए । यस्तै यो संस्था मुसिकोट नगरपालिका क्षेत्रभित्र अनुकरणीय रूपमा स्थापित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय