हिन्दू समाज अस्ट्रेलियाद्वारा तीज महोत्सव २०२४ आयोजना

सिड्नी । हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि हिन्दु समाज अस्ट्रेलियाले तीज महोत्सव २०२४ आयोजना गर्ने भएको छ ।

समाजले यही ६ सेप्टेम्बरमा तीज पर्वकै दिनको अवसर पारेर बरउड पार्कमा ऐतिहासिक तीज महोत्सव गर्न लागेको हो । सकारात्मक उर्जा बोकी समुहमा जुटौं सिड्नीमा हुने नेपालीहरु कोहि नछुटौं भन्ने मुख्य अभिप्रायका साथ यसवर्ष नेपालको पशुपति मन्दिरमै पूजा गरे जस्तो महशूस गराउने हेतुले पशुपतिनाथको मूर्ति प्रतिस्थापना सहित पुजाआजा कार्यक्रमको आयोजना गरिएको समाजकी अध्यक्ष लक्ष्मी बास्ताकोटीले जानकारी दिईन् ।

कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित गायिका सिन्दु मल्ल र स्थानीय कलाकारहरुको बेजोड तीज विशेष प्रस्तुती का साथै बिहान ८ बजेदेखी राती ८ बजेसम्म श्रद्दालु भक्तजनहरुकालागि पूजा आराधना, मेला तथा सांगीतिक मनोरन्जनात्मक तीजमय कार्यक्रमको आयोजना गरिएको सांस्कृतिक तथा मनोरन्जनात्मक कार्यक्रम संयोजक उषा किरण बारियाले बताईन् ।

तिज महोत्सवमा वैदिक पूजा र पशुपतिनाथ गंगा आरति ब्यवस्थापनको निमित्त नेपालका सबै जिल्लाहरुमा शिव साधना गरि संसारकै अग्लो शिव त्रिशूल निर्माण एवं कोटिहोम गरि कालाग्नि रुद्र पिठ लड्केश्वर धामकोको कृपा प्रसाद सहित नेपालबाट पीठाधीश शिवसाधक मुकुन्द गुरु समेत आएका छन् ।

उनले विशेषगरी सन्ध्या आरतीको कार्यमा सहभागी हुनेछन् । कार्यक्रममा ब्रत बसेका महिलाहरुको पुजाआजाका लागि आवश्यक पर्ने फलफुल, पुष्प, वेलपत्र, दुध, सौभाग्य लगायतका अन्य पूजा सामाग्रीहरु समेत उपलब्ध गराईने बताईएको छ । बिहान ९ः३० बजेबाट शिव पूजा सुरु भइ गौदान, रुद्राभिषेक, शिव अर्चना, ब्रतपुजा, मध्यान्ह आरती सहित विविध सांस्कृतिक कार्यक्रमहरु गरि साँझको आरती पछी महोत्सव समापन हुनेछ ।

दिनभरिनै कार्यक्रममा सहभागिता जनाउनुहुने भक्तजन एवं कार्यक्रममा आर्थिक सहयोग गर्नुहुने सहयोगी संस्थाका प्रतिनिधिहरुलाई कालाग्नि रुद्र पीठको तर्फबाट कोटिहोमको प्रसाद एवं आयोजकबाट मायाको चिनो प्रदान गर्ने कार्यक्रम समेत रहेको समाजले जनाएको छ ।

त्यस्तै पुजाआजासंगै दिउँसो १ बजेबाट तीज विशेष सांस्कृतिक कार्यक्रम पनि सञ्चालन हुने र जुन कार्यक्रममा लोकप्रिय कलाकाहरु साथमा स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुती दिनेछन् । तीज विशेष सांगीतिक कार्यक्रममा रमाउन र एकआपसमा जम्मा भई नेपाली दिदी बहिनीबीचको आत्यिमतालाई अझै उजागर गर्न पनि कार्यक्रममा अनिवार्य उपस्थित हुन हिन्दु समाज अस्ट्रेलियाले अपिल समेत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय