नेपाली मन्दिरमा भव्यताका साथ मनाइयो तीज, ३५ सय बढी दर्शकको उपस्थिती

मेलवर्न । अष्ट्रेलियन नेपाली बहुसांस्कृकति केन्द्रमा शुक्रवार धुमधामका साथ तीज पर्व मनाइएको छ । हजारौंको संख्यामा व्रतालु महिलाहरुले पूजाआजा गरेका छन् भने हजारौं मानिसहरुले नाँचगानसहित मन्दिरमा आयोजित विभिन्न गतिविधिहरुमा सहभागिता जनाए ।

विहान ७ बजेबाट शुरू भएको पूजाआजा बेलुका अवेरसम्म चलेको थियो । त्यसैगरी कार्यक्रममा नेपाली बहुचर्चित नेपाली कलाकार खुमन अधिकारी, रमेश बिजी र शोभा त्रिपाठीको सांगीतिक प्रस्तुतीले महिलाहरु एकैठाँउ जम्मा भएर कम्मर मर्काए ।

इन्द्रेणी ग्रोसरी, क्र्यागीवर्न नेपाली समाज, इमिग्रेट लयर्सको सहयोग तथा दिदीबहिनी समाज भिक्टोरिया र नारी निकुञ्जसँगको सहकार्यमा आयोजित तीज कार्यक्रममा ३५ सय भन्दा बढी नेपालीहरु सहभागि भएको अनुमान गरिएको एएनएमसीका सचिव  तथा कार्यक्रम संयोजक डा. तिलक पोखरेलले जानकारी दिए ।

नेपाली संघ भिक्टोरिया न्याभ तथा एनआरएनए भिक्टोरियाको विशेष सहयोग रहेको उक्त दिनभर शिवको पूजाआजा भएको थियो । मन्दिरमा मुख्य पण्डित नारायण प्रसाद ज्ञावलीले दिनभर पूजाआजा गराएका थिए ।

तीज कार्यक्रमलाई सम्बोधन गर्ने आयोजित औपचारिक कार्यक्रममा ब्रोडमेडोजलाई प्रतिनिधित्व गर्ने सांसद तथा मन्त्री क्याथलीन म्याथ्युज वार्ड, वेस्टर्न मेट्रोपोलिटनका लेजिस्लेटिभ काउन्लिर तथा बहुसांस्कृतिक छाँया मन्त्री ट्रुङ लू, नर्दन मेट्रोपोलिटनकाका काउन्लिर तथा विधान परिषद्मा विपक्षी दलका उपनेता एभन मुल्होल्यान्ड, भिक्टोरियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत निराजन गौली, नर्दन मेट्रोपोलिटनकाका काउन्सिलर डा. सामन्था रत्नम, मेल्टन एसेम्ब्लीका स्टीभ म्याक्गी, ग्रानभिल काउन्सिलका इवान वाल्टर्स, क्यालवेलका सदस्य तथा सांसद मारिया भमवाकिनु एमपी, म्याकईवेनका सदस्य सांसद रब मिट्चेल एमपी, भिक्टोरियन बहुसांस्कृतिक आयोगका अध्यक्ष भिभिएन न्यूगेन, ह्यूम सिटीका उपमेयर, मीडो भ्याली वार्डका काउन्सिलर करेन शेर्री लगायत उपस्थित थिए ।

त्यस्तै एनआरएनए भिक्टोरियाका अध्यक्ष मणि रत्न सापकोटा, अस्ट्रेलियन नेपाली पत्रकार संघका अध्यक्ष चिरञ्जिवी देवकोटा, अस्ट्रेलियाको शरणार्थी समुदाय संघका अध्यक्ष परसु शर्मा लुइटेल तथा दीदी बहिनी समाज भिक्टोरियाका अध्यक्ष रोशनी श्रेष्ठ लगायतको विशेष उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै वक्ताहरुले नेपाली पर्व तथा मौलिकताले अष्ट्रेलियाको बहुसांस्कृतिक समुदायलाई अझै बलियो बनाउने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै एएनएमसीका अध्यक्ष गान्धी प्रसाद भट्टराईले उपस्थित सबै दर्शक तथा अतिथिहरुलाई धन्यवाद दिदै नेपाली बहुसांस्कृतिक केन्द्र बनाउने यस अभियानमा साथ दिन सबैलाई आग्रह समेत गरे ।

तीज कार्यक्रमलाई ग्रेस इन्टरनेशनल, सुत्र सर्भिसेस, एक्सपर्ट एजुकेशन, रिद्धिसिद्धि गहना पसल, आइसीएस इन्टरनेशनल, बुद्ध ट्राभल्स, रत्न ज्वेलर्सले व्यावसायिक तथा एनएनसीआइ, गुल्मी समाज भिक्टोरिया, हाम्रो कम्युनिटी, चितवन समाज भिक्टोरिया, मेलवर्न नेपाली कम्युनिटी वेस्ट, फोकनर नेपाली समाज, काल्ड भोइसेसले सहयोग गरेका छन् भने मिडियाको रुपमा कनेक्ट नेपाली, लक्ष्मण, केबिसी र एसबिएसले सहकार्य गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय