रहेनन् समाजसेवी तथा युवा व्यावसायी राजमान थकाली

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आएका अव्वल व्यावसायी तथा समाजसेवी राजमान थकालीको निधन भएको छ । पछिल्लो समय फोक्सो सम्बन्धी रोगबाट ग्रसित थकालीको गत शनिवार ५० वर्षको अल्पायूमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनी सरल, सहयोगी, मेहनती र कर्मशील युवा व्यवसायीको लोकप्रिय रहेका थकालीले सिड्नीमा मुग्लान रेष्टुरेण्ट र मुग्लान ग्रोसरी पसल सन्चालन गरिरहेका थिए भने हिमाअस कन्सल्टेन्सीका सञ्चालक समेत थिए । उनका श्रीमती र २ जना छोराहरु छन् ।

सन् १९९६ मा उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया आएका राजमान धेरै नेपालीहरू विशेष गरी विद्यार्थी र नयाँ आगन्तुकहरु लाई अष्ट्रेलिया जीवनको प्रारम्भिक चरणमा मद्दत गरेका थिए। विभिन्न सामाजिक संघसंस्थामा समेत कार्यरत रही विभिन्न क्षेत्रका सामाजिक क्रियाकलापहरुमा समेत सक्रिय रुपमा सहभागी थिए भने उनको खेलकुद प्रति पनि लगाव थियो । उनी थकाली सहारा क्लब अष्ट्रेलियाका संस्थापक अध्यक्ष समेत हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय