सहकारी बचत अपचलनमा रवि लामिछाने दोषी ठहर

काठमाडौं । संसदीय छानबिन समितिले सहकारी संस्थाको बचत अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानको संलग्नता रहेको निष्कर्ष निकाल्दै कारवाही सिफारिस गरेको छ ।

समितिले गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशकको रुपमा रहेका लामिछानेको संलग्नता पुष्टि भएको निष्कर्ष निकालेको हो ।

सहकारी बचत अपचलनमा तत्कालीन उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछाने जोडिएको भन्दै नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरेपछि प्रतिनिधि सभाले जेठ १५ गते सहकारी संस्था बचत रकम दुरूपयोगसम्बन्धी संसदीय विशेष छानबिन समिति गठन गरेको थियो।

उक्त समितिलाई तीन महिना कार्यावधि दिइएकोमा प्रतिनिधि सभाले थप १५ दिनको समय पनि दिएको थियो। सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन आज बुझाउने तयारी गरेको छ ।

समितिका सदस्य लेखनाथ दाहालका अनुसार सहकारीको रकम जीबी राईले गोर्खा मिडिया नेटवर्कमा पुर्‍याउने काम गरेका थिए । तर त्यसरी आएको रकम भने रविमार्फत खर्च भएको छ । गोर्खा मिडियाम जीबी राई अध्यक्ष र रवि प्रवन्ध निर्देशक थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय