भव्य बन्यो नेपाल फेस्टिबल पर्थ २०२४

सिड्नी । नेपालको मौलिकता र नेपाली संस्कृतीको प्रवद्र्धन गर्ने उद्धेश्यले वेष्टन अस्ट्रेलियाको पर्थमा नेपाल फेस्टिबल भव्य रुपमा सम्पन्न भएको छ । १४ सेप्टेम्बर शनिबार सुप्रिम कोट पार्कमा सम्पन्न फेस्टिबलमा उल्लेख्य दर्शकहरुको उपस्थितिकाबीच भव्य, सभ्य र ऐतिहासिक बनेको नेपाल फेस्टिबलका संयोजक तथा वेष्टन अस्ट्रेलिया राज्य संयोजक शेखर घिमिरेले जानकारी दिए ।

कार्यक्रमको पर्यटन तथा संस्कृती मन्त्री टोनी बुटी र एनआरएनए आईसीसी अध्यक्ष डा. बद्री केसीले दिप प्रज्वलन गरी समुद्घाटन गरेका थिए । चार चरणमा विभाजन गरी सञ्चालन गरिएको कार्यक्रममा परेड, मौलिक खानाका परिकारहरु, विभिन्न धार्मिक तथा ऐतिहासिक सम्पदाहरुको प्रदर्शन सहित अन्य सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रमहरु राखिएको थियो । नेपाल फेस्टिबलको झण्डै १० हजार मानिसहरुले अवलोकन गरेको आयोजकको दाबी छ । नेपाली पारीकार तथा अन्य व्यवसाय गरी ४५ स्टल राखिएको मेलामा नेपाली मौलिकता झल्किने घर, धरहरा, पशुपतिनाथ मन्दिर, बौद्ध लगायतको प्रतिमा पनि राखिएको थियो । जसले नेपालको झल्को दिन्थ्यो ।

प्रत्येक २ वर्षमा आयोजना हुँदै आएको कार्यक्रममा १ लाख ६० हजार भन्दा बढी अस्ट्रेलियन डलर खर्च भएको र जुन प्रायोजक तथा स्थानीय सरकारको बहुसांस्कृतिक अनुदान बाट उठाइएको जनाईएको छ । कार्यक्रममा पर्थका स्थानीय कलाकाहरुको प्रस्तुती, भारती, चाईनिज र अस्ट्रेलियन तथा नेपलिज कम्युनिटीका व्यक्तिहरुले आआफ्ना संस्कृतीहरु प्रस्तुत गरेका थिए । बेलुकी साढे ४ बजेपछाडी स्थानीय ब्याण्ड, स्थानीय कलाकाहरु, राष्ट्रिय कलाकारहरु आस्था रावत, बद्री पंगेनी, द एक्स ब्याण्ड लगायतको प्रस्तुतीले दर्शकहरु झुमी झुमी नाचेका थिए । कार्यक्रममा १० मिनेटसम्म आतिशबाजी गरिएको थियो । कार्यक्रममा गैरआवासीय नेपाली संघ उपाध्यक्ष विनोद श्रेष्ठ, , सचिव डा. ज्ञानेन्द्र रेग्मी, क्षेत्रीय संयोजक दिनेश पोखरेल, महिला संयोजक रोजिना प्रधान, टीका गुरुङ, एनआरएनए अष्ट्रेलिया अध्यक्ष अनिल पोखरेल, एन्जाका अध्यक्ष चिरञ्जीवी देवकोटा लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन ६ जना सञ्चालकले आलोपालो गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर