हाम्रो कम्युनिटीले भलिवल प्रतियोगिता गर्दै, प्रथम पुरस्कार १५ सय डलर

तस्वीरः गत बर्षको भलिवल प्रतियोगिता

मेलवर्न । हाम्रो कम्युनिटीले गतबर्ष जस्तै यस बर्ष पनि ३५ बर्ष माथिका खेलाडीहरु लक्षित भलिवल प्रतियोगिता आयोजना गरेको छ ।

यही २८ सेप्टेम्बर शनिवारको दिन क्यारोलाइन स्प्रिङ्ग्समा हुन गइरहेको उक्त प्रतियोगिताको निम्ती समूह दर्ता सम्पन्न भइसकेको छ । दर्ता शुल्क ३ सय डलर तोकिएको थियो ।

अजि फाइनान्स एन्ड होम लोन्स मुख्य प्रायोजक, आइसीएस इन्टरनेशनल एजुकेशन एन्ड माइग्रेसनको प्लाटिनम तथा ८८४८ फेमिली मार्ट गोल्ड स्पोन्सर रहेको उक्त प्रतियोगितामा प्रथम हुने समूहले १ हजार ५ सय डलर, ट्रफी र मेडल प्राप्त गर्नेछन् भने उपविजेतालाई ७५० डलर पुरस्कार तथा मेडल ट्रफी प्रदान गरिने अध्यक्ष प्रकाश अर्यालले जनाए ।

प्रतियोगितामा ७ समूहवीच प्रतिस्पर्धा हुने खेल संयोजक ओम पौडेलले जानकारी दिए । हाम्रो कम्युनिटीले हरेक बर्ष भलिवल प्रतियोगिता आयोजना गर्दै आएको छ । त्यसैगरी समूहले हरेक शनिवार र आइतवार मैत्रीपूर्ण भलिवल अभ्यास खेल पनि खेल्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय