अविरल वर्षाको वितण्डा,  ६६ जनाको मृत्यु, ७९ बेपत्ता (तस्वीर)

काठमाडौं । केही दिनअघिबाटै मौसम पूर्वानुमान महाशाखाले मुलुकभर मनसुन भित्रिने र भारी वर्षा हुने बताएको थियो । नभन्दै शुक्रबार बिहानबाट भारी वर्षा भयो ।

वर्षाले धेरै जनधनको क्षति गरेको छ । मनसुनी वर्षापछि आएको विपद्मा परेर हालसम्म ६६ जनाको मृत्यु भएको छ । बाढी, पहिरो र डुबानमा परी अन्य ३५ जना घाइते भएका छन् भने ७९ जना बेपत्ता रहेका छन् । सशस्त्र प्रहरीका अनुसार काठमाडौँ उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ । काठमाडौँमा ११, भक्तपुरमा ५ र ललितपुरमा १८ जनाको मृत्यु भएको छ । पाँचथरमा ५, धनकुटामा २, सोलुखुम्बुमा २, सुनसरीमा १, काभ्रेमा १४, धादिङमा १, सिन्धुपाल्चोकमा ४, दोलखामा ३ जनाको मृत्यु भएको छ । प्रकोपविद् डा. दीपक विक्रम थापाले विपद्को सरकारी तयारी अझै नपुगेको बताए ।

बाढीपहिरोमा परेर धेरै नागरिक घाइते भएका छन् । प्रहरीका अनुसार बाढीपहिरो तथा डुबानमा परी उपत्यकामा मात्रै ३२ जनाको मृत्यु भएको छ । १२ जना बेपत्ता रहेका छन् । उपत्यकामा मात्रै बाढीमा फसेका १ हजार ५३ जनाको उद्धार गरिएको छ । उपत्यकामा बाढीले चार वटा पक्की घर भत्काएको छ भने एक हजार २ सय ४४ घर डुबानमा परेको प्रहरी प्रधान कार्यालयका एसएसपी विश्व अधिकारीले जानकारी दिए । उता, विपद् व्यवस्थापन विज्ञ सुबोध ढकालले विपद् कार्य गर्नका लागि कामको बाँडफाँट आवश्यक रहेको जनाए ।

प्रहरीका अनुसार देशभर ४४ जिल्लामा बाढी, पहिरो, डुबान र कटानले क्षति पुर्‍याएको छ । त्यसमध्ये ३९ जिल्लाका विभिन्न सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएका छन् । केही ठाउँमा सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । वर्षा भोलिसम्म रहने भएकोले सतर्क रहन सरकारले सबैमा अपिल गरेको छ । सरकारको तयारी भने फितलो देखिएको छ ।

तस्वीरः रासस

नारायणी नदीमा आएको बाढीले किनारमा रहेको बुद्धको मूर्तिको आधा भाग डुबेको छ । नदीले चेतावनीको तह पार गरेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन चितवन प्रशासनले अनुरोध गरेको छ । तस्बिरः कृष्ण आचार्य /रासस

चौतीस वटा ढोका खोलिएको अवस्था
मलङ्गवा (सर्लाही), १२ असोजः सर्लाहीको बागमती नगरपालिका–११ कर्मैया स्थित बागमती नदीमा रहेको ड्यामनको ३६ मध्ये खोलिएको ३४ वटा ढोका । प्राविविक समस्याले दुई वटा ढोका आँमसिक रुपमा मात्र खुलेको छ । तस्बिरः विश्वनाथ ठाकुर÷रासस

दाङको तुलसीपुरबाट सल्यान हुँदै रुकुम जोड्ने सडक राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर उपमहानगरपालिका-३ स्थित राम्रीमा अविरल बर्षातका कारण भासिएको सडक । तस्बिर : कुलदीप न्यौपाने / रासस

लगातारको बर्षासँगै नारायणी नदीमा आएको बाढी नवलपुरको गैडाकोट नगरपालिका २ मा रहेको बस्तीमा पसेपछि घरमा पालिएको कुकुरलाई सुरक्षित स्थानमा लैजाँदै स्थानीय । यहाँका दुई सय बढी घर डुबानमा परेका छन । तस्बिरः कृष्ण आचार्य / रासस

मनोहराखोलमा आएको बाढीले शनिबार डुबानमा परेको कोटेश्वर, बालकुमारी पुल क्षेत्र । तस्बिर : किरणराज बिष्ट / रासस

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा शनिबार बिहान खसेको पहिरो । पहिरोका कारण दमौली डुम्रे सडकखण्ड अवरुद्ध छ । तस्बिर ः कृष्ण न्यौपाने / रासस

गोरुसिंगे-सन्धिखर्क सडक अन्तर्गत शितगङ्गा नगरपालिकाको ठाडामा पहिरोले अवरुद्ध भएको सडक । तस्बिरः प्रेमनारायण आचार्य / रासस

मलेखु (धादिङ), १२ असोजः लगातार वर्षाका कारण त्रिशुली नदीमा बढेको पानीको बहावले कटान सुरु गरेको घरहरु । घरका जगहरु नदीको पानीले बगाएपछि नदी किनारका घर डुबानमा परेको छ । तस्बिर ः शंकर श्रेष्ठ÷रासस

बागमतीको नदी जल सतहको अवस्था
मलङ्गवा (सर्लाही), १२ असोजः अविरल वर्षाका कारण सर्लाही कर्मैयास्थित बागमती नदीमा रहेको ड्यामनिरको जल सतहका ढद्दै । तस्बिरः विश्वनाथ ठाकुर÷रासस

कालीगण्डकीमा पानीको बहाव बढ्दै
गुल्मी, १२ असोजः अविरल वर्षाका कारण गुल्मीको कालीगण्डकी नदीमा पानीको बहाव बढ्दै। पानीको बहाव बढ्दै गएपछि रिडीक्षेत्रमा नदी किनारका बस्तीहरू उच्च जोखिममा रहेका छन्। तस्बिरः जनार्दन घिमिरे÷रासस

भक्तपुर, १२ असोजः दुई दिनदेखि अविरल वर्षाका कारण हनुमन्ते खोलाको बाढी परेर भक्तपुरको भाटभटेनी सुपर मार्केटलगायत आसपास क्षेत्रमा जलमग्न । तस्बिरः किरणराज विष्ट÷रासस

 

प्रतिक्रिया

सम्बन्धित खवर