हाम्रो कम्युनिटीको भलिवल प्रतियोगिताको उपाधि एलाइट गोर्खालाई

मेलवर्न । हाम्रो कम्युनिटीले आयोजना गरेको ३५ बर्ष माथिका खेलाडीहरु लक्षित भलिवल प्रतियोगिताको उपाधि एलाइट गोर्खा स्पोर्टसले जितेको छ ।

फाइनलमा क्र्यागिबर्न ब्रिगेडलाई हराउँदै एलाइट गोर्खाले उपाधि जित्न सफल भएको हो ।

अजि फाइनान्स एन्ड होम लोन्स मुख्य प्रायोजक, आइसीएस इन्टरनेशनल एजुकेशन एन्ड माइग्रेसनको प्लाटिनम तथा ८८४८ फेमिली मार्ट गोल्ड स्पोन्सर रहेको उक्त प्रतियोगितामा प्रथम हुँदै एलाइट गोर्खाले समूहले १ हजार ५ सय डलर, ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता क्र्यागिबर्न ब्रिगेडलाई ७५० डलर पुरस्कार तथा मेडल ट्रफी प्रदान गरिएको छ ।

यस्तै द्वारिका दवाडी बेस्ट स्पाइकर, खेम क्षेत्री बेस्ट प्लेयर र प्रकाश गुरुङले बेस्ट सेटरको उपाधि प्राप्त गरेका छन् ।

शनिवारको दिन क्यारोलाइन स्प्रिङ्ग्समा सम्पन्न भएको उक्त प्रतियागितामा आयोजक टोली सहित सात समूहहरु सहभागि थिए । हाम्रो कम्युनिटी, हाम्रो वर्णमाला, एलाइट गोर्खा, क्र्यागिबर्न ब्रिगेड, क्रयानबर्न ज्ञानज्योती पाठशाला, एनसीटिसी भिक्टोरिया र गल्कोट समाज भिक्टोरियाले प्रतिस्पर्धा गरेका थिए ।

कार्यक्रममा एएनएमसीका अध्यक्ष गान्धी भट्टराई, गुल्मी समाज भिक्टोरियाका अध्यक्ष टंक कंडेल, गल्कोट समाज भिक्टोरियाका अध्यक्ष रमेश केसी, समाजसेवी गणेश अधिकारी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, खेलाडी समूहहरुको उपस्थिती रहेको थियो । कार्यक्रम सफल पार्न साथ दिने स्पोन्सर तथा सहभागि सबैलाई धन्यवाद दिदै अध्यक्ष प्रकाश अर्यालले आगामी दिनमा पनि यसप्रकारको साथसहयोगको अपेक्षा गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय