बाढीपहिरोले भएको क्षतिबाट एनआरएनए स्तव्ध, ईमर्जेन्सी फन्ड स्थापना

मेलवर्न । गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीले नेपालमा भएको बर्षासँगैको विपत्तीको धनजनको क्षतिबाट स्पब्ध भएको जनाएको छ ।

संस्थाका अध्यक्ष डा. बद्री केसी र उपाध्यक्ष हेमराज शर्माले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै विपदको क्षतिबाट शोकाकूल परिवारमा समवेदना व्यक्त गर्दै विश्वभरबाट सहयोग जुटाउन अभियान थालिएको समेत जनाएका छन् । विपदको घडीमा छिटो राहत तथा सहयोगका लागि विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय समन्वय परिषदहरुलाई अपिल गर्दै एनआरएन ईमर्जेन्सी फन्ड स्थापना गरिएको भन्दै उक्त फन्डमा सहयोग गर्न आह्वान गरिएको छ ।

एनआरएनएले बाढी पहिरोबाट पीडित नागरिकको जीवन रक्षा, बेपत्ताको खोजी र उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन नेपाल सरकारसँग आग्रह पनि गरेको छ ।

विज्ञप्ती

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय