सरकारले बोलायो सर्वदलीय बैठक

काठमाडौं । सरकारले सर्वदलीय बैठक बाेलाएकाे छ।

अविरल वर्षापछि आएकाे बाढीपहिराेका कारण देखा परेको विपदपछिकाे राहत, उद्दार र धनजनकाे क्षतिका बारेमा छलफल गर्न सरकारले आइतबार दिउँसो १ बजेका लागि सर्वदलीय बैठक बोलाएको कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको सचिवालयले जानकारी दिएको छ।

बैठक सिंहदरबारमा बस्नेछ।

यस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि अविरल वर्षा, बाढी पहिरोबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन्।

आइतबार बिहान १० बजे माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्ने अध्यक्ष दाहालको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय