प्रधानमन्त्री ओली स्वदेश फर्कने तयारीमा, दिए यस्तो सन्देश

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश फर्किने तयारीमा रहेको बताएका छन् ।

असोज ४ गते अमेरिका प्रस्थान गरेका उनी १४ गते स्वदेश फर्किने पूर्वतालिका थियो ।

बाढीपहिरोको विपत्तीमा दुःख व्यक्त गर्दै प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, ‘संयुक्त राष्ट्रसंघको महासभामा लगायतका कार्यक्रम सकेर स्वदेश फर्किने तयारीमा छु ।’

राष्ट्रसंघको महासभालाई ओलीले असोज १० गते सम्बोधन गरेका थिए । त्यसअघि र पछि उनले विभिन्न सेसनमा भएका छलफलमा भाग लिनुका साथै साइडलाइन भेटवार्ता पनि गरेका थिए ।

अविरल वर्षासँगै शुक्रबार र शनिबारको बाढी, पहिरो र डुबानले १०० जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकामै ४८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय