काठमाडौं । काठमाडौं र धादिङको सिमाक्षेत्रमा पर्ने झ्याप्ले खोलामा एउटा बस र माइक्रोबस पुरिँदा १४ जनाको मृत्यु भएको छ ।
पहिरोले पुरिएको अवस्थामा लु.१ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ जना र बसबाट ९ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
बसको नम्बर खुलेको छैन । घटनास्थलमा प्रहरी वृत थानकोटका डीएसपी सुर्यप्रसाद सुवेदी नेतृत्वको टिम खटिएका छन् ।