गुल्मी समाज भिक्टोरियाद्वारा देउसी भैलोसहितको सांस्कृतिक साँझको आयोजना

मेलवर्न । गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाले नेपालीहरुको महान पर्व तिहारको उपलक्ष्यमा भिक्टोरियामा देउसी भैलोसहितको सांस्कृतिक साँझको आयोजना गरेको छ ।

यही २८ अक्टोबर सोमबारको दिन वान्ट्रिनामा भव्यताका साथ देउसी भैलो सहित सांस्कृतिक कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्षका टंक कंडेलले जानकारी दिए ।

उक्त कार्यक्रममा चर्चित कलाकालहरु प्रकाश सापकोटा, बादल थापा र डिबी कालिजको भव्य सांगीतिक प्रस्तुती समेत हुने भएको छ ।

भिक्टोरियामा रहेका गुल्मीबासीहरु जमघट हुने र तिहार मनाउने गरी कार्यक्रम आयोजना गरिएको अध्यक्ष कंडेलले बताए । उनका अनुसार भैलो मार्फत यहाँ हुर्कदै गरेका नेपाली मूलका बालबालिकाहरुलाई नेपाली संस्कृति सिकाउन पनि मद्धत पुग्ने विश्वास लिइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर