शवको टाउको सेफ्टी ट्याङकीमा भेटियो

नेपालगन्ज, असोज २८ गते ।बडादसैँको दशमीको राति टाउको काटिएको अवस्थामा फेला परेका कोहलपुरका चन्द्रवहादुर कामीको टाउकोलाई प्रहरीले खोज तलाशको क्रममा फेला पारेको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कामीको टाउको घटनास्थलबाट करिव ५०० मिटर पूर्वउत्तरमा सुनिता परियारको घरको सेफ्टी ट्याङकिमा फेला परेको हो ।

कोहलपुर नगरपालिका–८ पिपिरी चोकदेखि करिव दुई किलोमिटर पूर्व शितलनगरमा हत्या गरिएको अवस्थामा शनिबार राति कामिको टाउको नभएको शव फेला परेको थियो ।

घटना पश्चात शंकाको घेरामा रहेका अनिल परियारको वहिनी नाता पर्ने सुनिता परियारको घरको ट्वाइलेटको सेफ्टी ट्याङकीमा मृतक कामिको टाउको फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । सो बारेमा अझैपनि बिस्तृत रुपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनास्थलदेखि करिब दुईसय मिटर पूर्वमा रहेको सरस्वती चोकमा जडान गरिएको सीसिटिभि क्यामेरामा एक युवक कालो प्लास्टिकको झोला बोकेर गइरहेको देखिएको हुँदा सोही फुटेजलाई आधार मानेर अनुसन्धान गरिएको थियो ।

प्रहरीले घटनास्थलमा कर्णाली प्रदेश प्रहरी कार्यालय के नाइन शाखा कोहलपुरको तालिमप्राप्त कुकुरको समेत प्रयोग गरेर अनुसन्धान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय