तनहुँ समाज अस्ट्रेलियाको क्रुज पार्टी भव्य

सिड्नी । तनहुँ समाज अस्ट्रेलियाले नेपाली हरुको महत्त्वपूर्ण चाड विजया दशमीको अवसरमा आयोजना गरेको क्रजु पार्टी तथा शुभकामना आदान प्रदान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

अक्टोबर ५ शनिबार सिड्नीको डार्लिङ हार्वर किङ्स स्त्रीट वाट सुरु भएर क्रुज पार्टी बेलुका ६ बजेदेखि १० बजेसम्म चलेको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका अध्यक्ष एवम् तनहुँ समाज अस्ट्रेलियाका अध्यक्ष मेगराज पौडेलले कार्यक्रमलाई विभिन्न क्षेत्रबाट सहयोग गरेर भव्य र सभ्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण प्रति धन्यवाद व्यक्त गरे । उनले संस्थाको लक्ष्य र उद्धेश्य बमोजिम अझै धेरै सामाजिक क्षेत्रमा सक्रिय भएर काम गर्ने बताए ।समाजका उपाध्यक्ष सुर्य खनालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन महासचिव हरि खनालले गरेका थिए ।

कार्यक्रममा तनहुँ जिल्लाको समग्र पक्ष समेटिएको वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो भने । तनहुँमा बसोबास गर्ने मगर जातिको पहिचान समेटिएको कौरा नाच प्रस्तुत गरिएको थियो । तनहुँ स्थायी घर भई हाल विभिन्न पेशा, व्यवसाय तथा रोजगारीका क्रममा अस्ट्रेलियामा रहेका तनहुँबासीहरुले एक आपसमा शुभकामना आदान प्रदान र जमघट तथा रमाईलो गरी कार्यक्रम भव्य बनेको थियो । कार्यक्रममा न्यू साउथ वेल्स राज्यका महावाणिज्यदूत सञ्जिव शर्माले यस्ता कार्यक्रमले नेपाली, कला संस्कृती रितिरिवाज तथा हाम्रा परम्परा जोगाईराख्न मद्धत पुग्ने बताए ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले अष्ट्रेलियामा रहेका नेपाली हरुले नेपाली भाषा तथा संस्कृति जोगाउने प्रयास संगसगैं आफ्नो मातृभूमीका विभिन्न प्राकृतिक विपत्ति लगायतका अफ्ठ्यारोहरुमा समेत समाजले विभिन्न सहयोग गर्ने गरेको भन्दै यो सराहनीय काम रहेको बताइन ।

गैरआवासीय नेपाली संघ एनआरएनएका उपाध्यक्ष बिनोद श्रेष्ठ , ओसियाना संयोजक दिनेश पोखरेल, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, नेपाली काँग्रेस तनहुँका प्रवक्ता हरि वाग्ले ,तनहुँ समाज अष्ट्रेलियाका बरिष्ठ सल्लाहकार दिनेशराज जोशी, तनहुँ समाज अष्ट्रेलियाका संस्थापक अध्यक्ष पी आर अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

औपचारिक कार्यक्रम पछि सुरु भएको सांस्कृतिक कार्यक्रममा कलाकार ईश्वर पोखरेल र आदेश पौडेलले विभिन्न सांगीतिक प्रस्तुती प्रस्तुत गर्दै उपस्थित दर्शकहरुलाई नचाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय