स्वावलम्बन लघुवित्तको १५ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले १४.२५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश दिने भएको छ।

बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यस्तो घोषणा गरेको हो।

कम्पनीको यो प्रस्ताव साधारण सभाले पारित गर्न बाँकी छ। कम्पनीले कात्तिक ३० गते साधारण सभा डाकेको छ।

साधारण सभा र लाभांशको लागि कात्तिक ९ गते बुक क्लोज मिति तोकिएको छ।

कात्तिक ८ गतेसम्म सेयर स्वामित्व हुनेले लाभांश प्राप्त गर्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय