लेनोभोको २ वटा स्क्रिन भएको ल्याप्टप नेपाली बजारमा, के छन् अरु विशेषता

के तपाईं दुईवटा स्क्रिन भएको ल्यापटप चलाउन चाहनुहुन्छ ? यदि ल्यापटप प्रयोगको अनुभूतिलाई नयाँ उचाइमा पुर्‍याउन चाहनुहुन्छ भने लेनोभोको डुअल स्क्रिनयुक्त योगा बुक ९ आई तपाईंका लागि पहिलो रोजाइ बन्नेछ ।

ल्यापटपको बजारमा विश्वकै पहिलो पूर्ण डुअल स्क्रिन ओएलइडी ल्यापटप हो, लेनोभो योगा बुक ९ आई । यो मल्डीमोड ल्यापटपमा दुईवटा १३.३ इन्चका टचस्क्रिन डिस्प्ले रहेका छन् ।

वास्तवमा यो ल्यापटपको अगाडिको भाग पूर्णरुपमै दर्शनीय छ । अर्थात् यसमा कुनै भौतिक किबोर्ड वा ट्रयाकप्याड छैन । केवल दुईवटा १३.३ इन्चका स्क्रिनहरु एक आपसमा जोडिएका छन् । दुवै डिस्प्ले २.८ के रिजोलुसनयुक्त रहेका छन् ।

योगा बुक ९ आईका दुईवटा स्क्रिनलाई बीचमा एउटा कब्जाले जोडिएको छ, जसले गर्दा यो फोल्डेबल ल्यापटप भन्दा फरक छ । साथै यसलाई ट्याबलेट मोडमा पनि चलाउन सकिन्छ । अनि अन्य ल्यापटप जस्तै एउटै स्क्रिनमा मात्रै पनि प्रयोग गर्न सकिन्छ । यसका लागि तपाईंले तल्लो स्क्रिनलाई भर्चुअल किबोर्ड तथा ट्रयाकप्याडमा परिणत गर्न सक्नुहुन्छ । त्यसैगरी यदि तपाईंले भौतिक किबोर्ड नै प्रयोग गर्न चाहनुहुन्छ भने ब्लुटुथबाट जोडिने किबोर्ड पनि प्रयोग गर्न सक्नुहुन्छ ।

यो ल्यापटपको डुअल स्क्रिनमा तपाईंले धेरै कुराको मज्जा लिन सक्नुहुन्छ । एउटा स्क्रिनमा भिडियो हेर्दै अर्को स्क्रिनमा त्यसको टिपोट गर्न सक्नुहुन्छ । साथै एउटा स्क्रिनमा पावर प्वाइन्ट प्रिजेन्टेसन देखाएर अर्को स्क्रिनमा त्यसलाई चलाउने वा नोट राख्ने गर्न सकिन्छ । दुबै स्क्रिनले स्टाइलस अर्थात् पेन पनि सपोर्ट गर्दछन् । जसले गर्दा स्क्रिनमा केही टिपोट गर्न झनै सजिलो हुन्छ ।

यसमा डुअल स्क्रिनको मज्जा लिनका लागि ल्यापटपका स्क्रिनलाई ठाडो गरेर वा दायाँबायाँ हुनेगरी राख्न सकिन्छ । ठाडो राख्नका लागि ल्यापटपसँगै स्ट्याण्ड पनि उपलब्ध छ ।

यो ल्यापटपमा १३ औँ जेनेरेसनको इन्टेल यु सिरिज प्रोसेसर राखिएको छ जसमा खासगरी Core i7-1355U तथा Core i5-1335U रहेको छ । यी दुवै १५ वाट TDP प्रोसेसर हुन्छ जसमा ८ पर्फमेन्स कोर र २ इफिसेन्सी कोर रहन्छन् । यसमा Intel Iris Xe Graphics रहेको छ ।

यो ल्यापटपमा १ टेराबाइट सम्मको स्टोरेज र १६ जिबीको र्याम उपलब्ध छ । यसमा रहेको शक्तिशाली ब्याट्रीले एकपटक पूरा चार्ज गरेपछि दुवै स्क्रिनमा १० घण्टासम्म भिडियो चलाउन सकिन्छ ।

यो ल्यापटपमा तीनवटा युएसबी टाइप सी थन्डरबोल्ट पोर्ट रहेका छन् । त्यस्तै वायरलेस कनेक्टिभिटीको कुरा गर्दा WiFi 6E र ब्लुटुथ ५.२ सपोर्ट रहेको छ ।

यसमा Full HD वेबक्याम रहेको छ जसमा आइआर सेन्सर र प्राइभेसी शटर रहेको छ । साथै साउण्डको कुरा गर्दा यसमा दुईवटा टु वे स्पीकर रहेका छन् । यो ल्यापटपको वजन चाहिं जम्माजम्मी १.३८ केजी रहेको छ ।

लेनोभो ब्राण्डका ल्यापटपको आधिकारिक बिक्रेता मेगाटेक ग्रुपले योगाबुक ९ आई लाई हाल चाडपर्वको अवसरमा विशेष छुटसहित उपलब्ध गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर