एमालेको सचिवालय बैठक आज

काठमाडौं । सत्तारूढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ।

आइतबार अपराह्न ४ बजे बस्नेगरी सचिवालय बैठक बोलाइएको हो। बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ।

समसामयिक विषयमा बैठक बोलाइएको एक नेताले बताए।

व्यवसायी मीनबहादुर गुरूङले दान गरेको भनिएको जग्गामा पार्टी कार्यालय बनाउन लागेपछि एमाले विवादमा छ।

यसबारे पार्टीका नेताहरूको फरकफरक अभिव्यक्ति आएपछि समान धारणा बनाउन छलफल गर्न लागिएको ती नेताले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर