सिड्नी । नेपालको मौलिकता, विविधता र नेपालीपनलाई अस्ट्रेलियामा प्रवद्र्धन गर्ने उद्धेश्य सहित प्रत्येक २ वर्षमा आयोजना हुँदै आएको नेपाल फेस्टिबल सिड्नी २०२४ को तयारी पूरा भएको छ । शनिवार हुन लागेको महोत्सवको तयारी पूरा भएको एनआरएनएले जनाएको छ ।
एनआरएनए अध्यक्ष अनिल पोखरेलले यसवर्षको सिड्नी २०२४ को तयारी क्रममा भएका प्रगतिहरुको बारेमा जानकारी दिदै कुुल २ लाख ५० हजार बजेट मध्ये ८० प्रतिशत उठिसकेको र बहुसांस्कृतिक विभागबाट ५० हजार डलर अनुदान आएको बताए ।
६ वर्षपछि नेपाल फेस्टिबलको उद्गम स्थल डार्लिङ हार्वर स्थित तुम्बालोङ्ग पार्कमा महोत्सव हुँदैछ ।
फेस्टिबलमा नेपाली झाँकी र बाजागाजासहित सांस्कृतिक परेड सहित ’द एक्स’ ब्याण्डका साथै हेमन्त शर्मा, पशुपति शर्मा, आस्था राउत लगायतका कलाकारहरुको प्रस्तुती रहने जनाईएको छ ।