धरहरा चढ्न विदेशी नागरिकले एक हजार रुपैयाँ तिर्नुपर्ने

काठमाडौँ । सरकारले धरहरा चढ्ने विदेशी नागरिकका लागि प्रति व्यक्ति एक हजार रुपैयाँसम्म शुल्क तोकेको छ ।

सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क तोकिएको सहरी विकास मन्त्रालयले जनाएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले २०८१ मङ्सिर ९ गतेदेखि धरहरा सञ्चालन गर्ने स्वीकृति दिँदै शुल्क पनि मन्त्रिपरिषद्ले नै स्वीकृत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर