अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा २ नेपालीकाे मृत्यु

काठमाडौं । अमेरिकाको भर्जिनिया च्यान्टिली नजिकै भएको कार दुर्घटनामा परि दुई जना नेपालीहरूको मृत्यु भएको छ ।

नोभेम्बर २२ तारिख बिहान साढे बाह्र बजे भएको उक्त दुर्घटनामा एक अर्को नेपाली घाइते भएका छन् । कारमा चार जना नेपाली सवार थिए ।

कार चालक ३० वर्षीय नेपाली विजय तामाङ भने सुरक्षित छन् । उनलाई दुई जनाको हत्या अभियोगमा लाउडाउन काउन्टी सेरिफ कार्यालयले मुद्दा चलाउने तयारी गरिरहेको कुरा लाउडाउन काउन्टी अडल्ट डिटेन्सन सेन्टरमा राखिएको पुष्टि गरेको छ ।

उक्त दुर्घटनामा परेर ज्यान गुमाउने एक जना रुकुम जिल्लाको आठ बिस कोट नगर पालिकाको वडा नम्बर ७ का सुरेश केसी रहेका छन् । अर्का ज्यान गुमाउने मा बर्दियाका विवेक सुबेदी रहेका छन् ।

उनका अनुसार घाइते हुनेमा काठमाडौँ का मेहुल श्रेष्ठ रहेका छन् उनी अहिले अस्पतालमा उपचार गराइरहेका र उनको स्वास्थ्य अवस्था खतरा भन्दा बाहिर रहेका जनाइएको छ ।

उक्त दुर्घटना लाउडाउन काउन्टी पार्क वे र ताल सेडार पार्क वे नजिक भएको थियो भने चालकले अत्यधिक मादक पदार्थ सेवन गरी कार चलाएको बेला दुर्घटना भएको आशङ्का प्रहरीले गरेको बताइएको छ ।

अत्यधिक गतिमा चलाइएको उक्त कार नियन्त्रण गुमेपछि सडकबाट बाहिर पुगी रुखहरूमा ठोक्किएर दुर्घटना भएको प्रहरीले स्थानीय प्रत्यक्षदर्शी बासिन्दालाई उधदृत गर्दै बताएको छ तर प्रहरीले घटनाको अनुसन्धान पूरा भए पछि मात्र सबै कुरा बताउन सकिने बताएको छ।

स्रोत: नेपालमदर डटकम

प्रतिक्रिया

सम्बन्धित खवर