बुटवलमा जिप दुर्घटना हुँदा ३ को मृत्यु

बुटवल, मङ्सिर २९ गते । बुटवलको तिनाउ पुलको डिभाइडरमा आज बिहान बलेरो जिप ठोक्किएर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुटवल–१२ नयाँ गाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उहाँकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जिप चालक ३२ वर्षीय हरि न्यौपाने रहनुभएको छ । गौरी खनाललाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याउने क्रममा जिप अनियन्त्रित भई पुलको डिभाइडरमा ठोक्किएर पल्टिएको थियो ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार तिनाउ पुल पार गरिसकेपछि घुमाउरो मोडमा जिप दुर्घटनामा परेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर