प्रमाणपत्र र व्यवहारले मान्छेलाई चिनाउँछ : प्रधानमन्त्री

बनेपा, मङ्सिर २९ गते । प्रधानमन्त्री तथा काठमाडौ विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले पढाइ र प्रमाणपत्रले मात्र मान्छेको मूल्याङ्कन हुन नसक्ने बताउनुभएको छ । काठमाडौं विश्वविद्यालय (केयु) को ३० औ दीक्षान्त समारोहमा शनिबार यहाँ सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले मान्छेलाई पढाइ, प्रमाणपत्रको साथै उसको बोली, व्यबहार, आचरणले चिनाउने बताउनुभयो । पढाइ, प्रमाणपत्र भएर मात्रै उm राम्रो मान्छे बन्ने हैन, राम्रो मान्छे हुनका लागि उसको बोली, व्यबहार र आचरण राम्रो हुन जरुरी छ, यस्तो मान्छे सबैको प्रिय बन्दछ उहाँले भन्नुभयो, “विद्यार्थीले यो कुरामा ख्याल गर्नुपर्छ ।”

उहाँले विद्यार्थीले विश्वविद्यालयको प्रतीष्ठा र मर्यादा माथि जानेगरी आफुले प्राप्त गरेको बिज्ञतालाई कार्य क्षेत्रमा प्रस्तुत गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले अध्ययन जीवनपर्यन्त चलिरहने भएकाले अध्ययनको काम केही बर्ष, कुनै तहमा नसकिने बताउनुभयो । “मान्छे नमरेसम्म उसको अध्ययनको काम सकिन्न, बाचुँन्जेल अध्ययनको काम चलिरहन्छ” उहाँले थप्नुभयो, “मान्छेले आफुलाई व्यबहारिक रुपमा अघि बढाउँदै लैजानुपर्छ ।”

उहाँले युवालाई रोजगारी दिने हैन रोजगारी सिर्जना गर्ने शिक्षा दिनुपर्ने बताउनुभयो । उहाँले जनवायु परिवर्तन लगायतको कारण नेपालका हिमालहरु कालापत्थरमा परिणत हुँदैगएको बताउँदै वातारणीय न्यायका लागि सरकार लागिरहेको बताउनुभयो । केयुले आफ्नो स्थापनाकालदेखि नै नेपालको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्दैआएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर