विश्व बैंकले नेपाललाई साढे १३ अर्ब ऋण दिने

विश्व बैंकले नेपाललाई साढे १३ अर्ब रूपैयाँ (१० करोड डलर) बराबरको ऋण दिने भएको छ।

हरित, उत्थानशील र समावेशी विकासको लागि यस्तो ऋण दिन लागेको हो। हाल नेपालमा हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) कार्यक्रम सञ्चालनमा छ।

विश्व बैंकको १२ डिसेम्बरमा बसेको सञ्चालक समितिको बैठकले डेभलपमेन्ट पोलिसी अपरेसन (डिपिओ) आयोजना अन्तर्गतको यस्तो ऋण स्वीकृत गरेको हो।

‘नेपाललाई अझै बढी उत्थानशील बनाउन तथा दिगोपन हासिल गर्न यो डिपिओ श्रृंखलाले उत्प्रेरकको काम गर्नेछ, यसले नेपालीका लागि दीर्घकालीन विकासको आधार सृजना र संरक्षण गर्नेछ,’ नेपालका लागि विश्व बैंकका क्षेत्रीय आवासीय निर्देशक डेभिड सिस्लेनले भने।

डिपिओ अन्तर्गतको यो दोस्रो श्रृखंलाको ऋण सहयोग हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय