भिएक्सएल रोयल राइनोज क्रिकेट क्लब | ब्राइटन भिक्टोरिया क्रिकेट क्लब |
पुर्वाञ्चल क्रिकेट क्लब | सगरमाथा क्रिकेट क्लब |
ट्राइकन क्रिकेट क्लब | एक्सपर्ट सगरमाथा ब्लुज |
द हिमालयन क्रिकेट क्लब | ग्रेस गोर्खाली क्रिकेट क्लब |
चितवन क्रिकेट क्लब मेलबर्न | युनाइटेड वारियर्स क्रिकेट क्लब |
मिराकल त्रिशूली थन्डर क्रिकेट क्लब | काठमाडौं क्यापिटल्स क्रिकेट क्लब |
फारवेस्ट हन्टर्स क्रिकेट क्लब | काठमाडौं क्यापिटल्स क्रिकेट क्लब (क्यापिटल्स ए) |
गोर्खा लायन | राइजिङ सन स्पोर्ट्स क्लब |
गुल्मी टाइगर्स क्रिकेट क्लब | काठमाडौं किंग्स XI क्रिकेट क्लब |
तस्वीरः गत बर्ष सम्पन्न १९ औं न्याभ कप उद्घाटन गर्दै भिक्टोरियाका सांसद क्याथलिन म्याथ्यु वर्ड
मेलवर्न । नेपाली संघ भिक्टोरिया (न्याभ) अष्ट्रेलियाले आयोजना गरेको २० औं न्याभ कपमा १८ क्रिकेट क्लबहरुले उपाधिको लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
नयाँ बर्ष २०२५ को अवसरसँगै १२ जनवरीबाट शुरू हुने उक्त ऐतिहासिक ‘न्याभ कप’मा १८ क्रिकेट समूहहरुले सहभागिता जनाउन लागेको आयोजकले आइतवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
९ मार्चमा फाइनल हुने उक्त प्रतियोगिताको निम्ती डोनेथ रिजर्भ रिजभोयरलाई खेल मैदान छनौट गरिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै न्याभ अध्यक्ष डा. एकिन्द्र तिमिल्सेनाले न्याभले खेल मार्फत नेपाली समुदायलाई स्थापनाकाल देखिनै जोड्दै आएको भन्दै यसपकटको न्याभ कपले पनि सोही अभियानलाई सार्थकता दिने बताए ।
यसबर्ष च्याम्पियन हुने क्लबले ५ हजार १ सय डलर पुरस्कार र ट्रफी प्राप्त गर्ने खेल संयोजकसमेत रहेका न्याभका सचिव उज्जवल अधिकारीले बताए । त्यस्तै उपविजेताले २ हजार डलर पुरस्कार राशी र ट्रफी प्राप्त गर्नेछ। त्यस्तै विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुले व्यत्तिलगत पुरस्कारहरु पनि प्राप्त गर्नेछन् ।
सहभागि क्रिकेट क्लबहरु
भिक्टोरियन नेपलिज क्रिकेट एसोसियनले खेलको प्राविधिक व्यावस्थापन गर्ने भएको छ भने एक्सपर्ट एजुकेसन . भिसा सर्भिसेज, ग्रेस इन्टरनेशनल, सल्भ एजुकेसन र मिराकल एजुकेशनले प्लाटिनम स्पोन्सरको रुपमा सहयोग गरेका छन् । त्यस्तै म्याक्सिम्याक्स एजुकेसन र माईग्रेसन सर्भिसेजले भिसा पार्टनर, फ्युजन रेस्टुरेन्टले हस्पिटालिटी तथा गोल्ड स्पोन्सरको रुपमा भिएक्सएल एजुकेशनले सहयोग गरेको छ।
न्याभ कपको पत्रकार सम्मेलनको सभापतित्व नेप्लिज एसोसियसन अफ भिक्टोरियाका अध्यक्ष डा. एकिन्द्र तिमिल्सेनाले गरेका थिए भने कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत एसोसियसनका उपाध्यक्ष सुदिप श्रेष्ठले गरेका थिए।
कार्यक्रममा अतिथिहरु महादेब धानुक, प्रकाश रेग्मी, वसन्त पोख्रेल, सौगात कार्की, ससेन्द्र केसि, ध्रुव अधिकारी, आकाश मुडभरी लगायतले शुभकामना व्यक्त गरेका थिए । त्यस्तै उक्त पत्रकार सम्मेलन कार्यक्रमको सन्चालन क्लबका सचिव तथा खेल संयोजक उज्जवल अधिकारीले गरेका थिए ।
अघिल्लो बर्ष सम्पन्न १९ औँ न्याभ कपको उपाधि पहिलो पटक न्याभ कप खेलेको ट्राइकन क्रिकेट क्लबले ६ विकेटले जितेको थियो । एक्स्पर्ट सगरमाथा ब्लुजलाई ६ विकेटले हराउँदै ट्राइकनले उपाधि हात पारेको थियो ।
पछिल्लो समय यहाँ नेपालीहरुको संख्या पनि बढीरहेको, खेलकूल क्लवहरु दर्ता भइरहेको तथा खेलप्रति बढीरहेको उत्साहलाई केन्द्रीत हुने यस प्रतियोगिताले नेपालीहरुमा एकआपसमा स्वस्थ प्रतिस्पर्धा, सहकार्य र सहअस्तित्वको विकास गर्न मद्धत पुग्ने विश्वास आयोजकले लिएको छ ।