२०३५ सम्म ३ आणविक उर्जा केन्द्र बनाउने टर्कीको लक्ष्य

टर्की, पुस १३ गते । टर्कीले २०३५ सम्ममा तीन वटा आणविक उर्जा केन्द्रहरू निर्माण गर्ने योजना बनाएको छ । टर्कीका ऊर्जा र प्राकृतिक संसाधन मन्त्री अल्परस्लान बायराक्तारले हुर्रिएत दैनिक समाचारसँगको अन्तर्वार्तामा पुष्टि गर्नुभएको हो ।

दुई वटा ठूला पारम्परिक आणविक ऊर्जा संयन्त्रहरू चाहिन्एको र एउटा सिनोपमा र अर्को थ्रेस क्षेत्रमा बनाउनले लक्ष्य राखेको बताउनुभयो । टेक्नोलोजी र मोडेलको बारेमा निर्णय गर्दा २०२५ महत्वपूर्ण वर्ष हुने बताउनुभयो ।

टर्कीको पहिलो अक्कुउ न्युक्लियर पावर प्लान्टले २०२५ मा बिजुली उत्पादन सुरु गर्ने योजना छ । १ हजार २ मेगावाट क्षमताको प्लान्टको प्रारम्भिक रिएक्टरले देशको बिजुलीको मागको २.५ प्रतिशत पूरा गर्ने अपेक्षा गरिएको छ । एकपटक पूर्ण रूपमा सञ्चालनमा आएपछि कुल ४ हजार ८ मेगावाट क्षमताको साथ अकुयुले टर्कीको बिजुली आवश्यकताको १० प्रतिशत आपूर्ति गर्नेछ ।

अक्कुयुले ७ देखि ७.५ बिलियन घन मिटर प्राकृतिक ग्यासको आयात घटाउनेछ । टर्कीलाई वार्षिक लगभग ३ बिलियन अमेरिकी डलर वचत गर्ने बताइएको छ । सिन्ह्वा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय