पि.एल सिंहको निधनले देशलाई ठूलो क्षति पुगेको छ : सभापति देउवा

काठमाडाैं, पुस १३ गते । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंका महानगरपालिकाका पूर्वमेयर पि.एल सिंहको निधनले देशलाई ठूलो क्षति पुगेको बताउनुभएको छ । शनिवार काठमाडौंमा पि.एल सिंहको १३ औं दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले पि.एल सिंह कहिल्यै नथाक्ने र सधैँ सक्रिय हुने व्यक्ति रहेको बताउनुहुँदै स्व. सिंहले काठमाडौंवासीको सेवा महत्वका साथ समर्पित भएर गर्नुभएको स्मरण गर्नुभयाे । उहाँले जनताकाप्रति उत्तरदायी भएकाले नै स्व. सिंह आँखामा नबिझाउने व्यक्ति रहेको बताउनुभयो । स्व. सिंहले देखाउनुभएको बाटोमा हिँड्नसके उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने पार्टीलाई अझ लोकप्रिय बनाउन मद्दत पुग्ने सभापति देउवाले उल्लेख गर्नुभयाे ।

उहाँले भन्नुभयो, “उहाँ कहिल्यै नथाक्ने, अत्यन्तै क्रियाशिल र सक्रिय व्यक्तिको रुपमा मैले लिएको छ । उहाँले गणेशमानजीको बलिदानलाई मात्रै होइन, काठमाडौंवासीहरुको सेवा पनि उहाँले महत्वका साथ समर्पित भएर गर्नुभयो । उहाँ मिहिनेती, लोकप्रिय, नेपाली काँग्रेसको काठमाडौं महानगरपालिकाको मेयरमा उहाँमात्रै जित्नुभयाे । अहिलेसम्म हामीले अरुले जितेको छैन । जनताकाप्रति उत्तरदायी भएकाले उहाँ लोकप्रिय हुनुभएको हो ।”

यस्तै, उहाँले  स्व. सिंहकाे जति बखान गरेपनि कम हुने र उहाँ आँखामा नबिझाउने व्यक्तिकाे रुपमा स्मरण गर्नुभयाे । “पार्टीका लागि अपूरणीय क्षति भएको छ । राष्ट्रका लागि नै अपूरणीय क्षति भएको छ । त्यसको क्षतिपूर्ति हामी गर्न सक्दैनौँ । तर पनि उहाँले देखाएको बाटोमा हिँड्नसके उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ । उहाँको बाटोमा हिँड्दा पार्टीलाई अझ लोकप्रिय बनाउन मद्दत पुग्नेछ,” उहाँले भन्नुभयाे ।

श्रद्धाञ्जली सभामा नेपाली काँग्रेसका नेता एवं उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं महानगरलाई यत्तिको बनाउन स्व. सिंहले खेल्नुभएको भूमिका अविष्मरणीय छ । स्व. सिंहले नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउने व्यक्ति रहेको सभापति देउवाले उल्लेख गर्नुभयाे ।

उहाँले भन्नुभयो, “उहाँ मेयर हुँदा भारतीय प्रधानमन्त्रीलाई गर्नुभएको स्वागतले नेपाल भारत सम्बन्धका लागि पिएल सिंह जस्तो हुनुपर्छ भन्नुभएको थियो । उहाँको कन्भिन्सिङ पावर मोडलको रुपमा हामी सबैले सिक्नुपर्छ । उहाँ नेताहरुको धेरै लोकप्रिय हुनुहुन्थ्यो । उहाँले पाएको अवसरलाई पूर्ण रुपमा सफल गर्नुभयो ।”

कार्यक्रममा बोल्दै काँग्रेस सांसद एवं स्वास्थ्य तथा जनासंख्यामन्त्री प्रदीप पौडेलले राजनीतिमा प्राप्त उपलब्धिलाई स्व. सिंहले राम्रोसँग नेतृत्व गर्नुभएको भन्दै उहाँको स्मरण गर्नुभयो । उहाँले प्राप्त अवसरलाई कसरी सदुपयोग गर्ने र सफलतापूर्वक निर्वाह गर्ने भन्नेकुरा स्व। सिंहको जीवनीबाट सिक्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “अब राजनीतिमा कति प्राप्त हुन्छ त्यो एउटा विषय हो । प्राप्त भएको अवसरलाई कति सफलतापूर्वक निर्वाह गरिन्छ, त्यो सफलता हो भन्ने लाग्छ । त्यसबाट हेर्दा वेदाग पिएल दाईले प्राप्त अवसरलाई राम्रोसँग नेतृत्व गरेर जानुभयो । त्यसअर्थमा पिएल दाई आफैँमा एउटा स्वच्छ छवि भएको इमान्दार र निष्ठावान हुनुहुन्थ्यो ।”

मन्त्री पौडेलले पिएल सिंहले नेपाली काँग्रेसको सिद्धान्त, विचारलाई अनुशासित रुपमा ग्रहण गरेको व्यक्तिका रुपमा चिनेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय