एञ्जाको अधिवेसन फेब्रुअरीमा क्यानबेरामा हुने



मेलवर्न । अस्ट्रेलियामा रहेका नेपाली पत्रकारको साझा संगठन अस्ट्रेलियननेप्लिज जर्नलिष्ट एशोसिएसन (एञ्जा ) को तेश्रो अधिवेशन फेब्रुअरीमहिनाको २१ र २२ तारिख शुक्रबा र शनिवार अस्ट्रेलियाको राजधानीक्यानबेरामा हुने भएको छ ।

एञ्जा कार्यसमिति बैठकले अधिवेशनकोस्थान र मिति तय गरेको हो ।

अधिवेशनले आगामी दुई बर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । एञ्जाअध्यक्ष चिरञ्जिवी देवकोटाले अधिवेशनलाई भव्यताका साथ सम्पन्नगर्नका लागि तयारी शुरु गरिएको जानकारी दिनुभयो ।

देवकोटालेअधिेशनको मिति घोषणासँगै २४ महिनादेखि खुल्ला रहेको नयाँसदस्यता आवेदन बन्द गरिएको
र सदस्यता नवीकरणका लागि जनवरी २५ तारिखसम्मको समयतोकिएको  बताउनुभयो ।

एञ्जाले अधिवेशन सफल बनाउन अध्यक्ष चिरञ्जीवी देवकोटा संयोजकरहने र तीनै उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, प्रवक्ता तथापब्लिक अफिसर सम्मिलित तयारी समिति गठन गरेको छ । यस्तैकार्यक्रमस्थलको टुंगो लगाउन तथा आयोजनाका लागि आवश्यकआर्थिक संयोजनको निम्ति बरिष्ठ उपाध्यक्ष कृष्ण तिवारीकोसंयोजकत्वमा विनायक अधिकारी, गणेश भट्ट र खगेन्द्र सत्याल सदस्यरहेको उपसमिति निर्माण गरिएको छ ।

उक्त समितिले अधिवेशनकोआयोजना लागि हल तथा आर्थिक व्यवस्थापनको ।काम गर्ने महासचिवनारायण खड्काले बताउनुभयो ।
यसैगरि हरेक दुई वर्षमा अष्ट्रेलियामा क्रियाशील पत्रकारमध्येएकजनालाई प्रदान गरिँदै आएको स्वर्गीय टीका कार्की स्मृति पुरस्कारवितरणको लागि संस्था का अध्यक्ष देवकोटा , कानुनी सल्लाहका र टोनुघोताने र समुदायकी सक्रिय अगुवा प्रतिज्ञा अधिकारी सम्मिलित छनोट
समिति गठन गरिएको छ । एन्जाले आफ्नो सदस्यता शुल्कलाई १०० डलर बनाएको छ।

यस्तै अधिवेशनमा सहभागिता शुल्क थप १ सय लिने निर्णय पनिकार्यसमितिले गरेको हो ।
अघिल्लो वर्ष ब्रिसबेनमा सम्पन्न भएको विधान अधिवेशनले तोकेबमोजिम पत्रकारिता गरेका तर हाल सक्रिय नरहेका आफ्नासदस्यहरुलाई संस्थाले एन्जा काउन्सिलमा समेट्ने तयारी गरेको छ ।काउन्सिल सदस्यहरुले भने ५० डलर मात्र सदस्यता शुल्क तिर्नुपर्नछ ।एन्जा अष्ट्रेलियामा सक्रिय पत्रकारहरुको पहलमा सन् २०१९ मा स्थापनागरिएको हो  । एन्जालाई नेपाल पत्रकार महासंघले आफ्नो आधिकारिकप्रतिनिधि संस्थाको मान्यता दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय