सिडनीमा पाँचौ माघी महोत्सव हुँदै

सिड्नी । सदाका वर्षहरुमा जस्तै यस वर्षपनि माघी पर्वको अवसर पारेर अस्ट्रेलियाको सिड्नीमा पाँचौ थारु माघी महोत्सव हुने भएको छ । थारु सोसाईटी सिड्नीको आयोजनामा १४ जनवरी मंगलबार (थारु संवत् २६४८ , माघ १/माघे सक्रान्ति) का दिन ईन्द्रेणी फंक्सन सेन्टर रकडेलमा विविध कार्यक्रमका साथ माघी महोत्सव मनाउन लागिएको हो ।

बेलुकी ५ बजे देखि राति १० बजेसम्म चल्ने कार्यक्रममा थारु रितिरिवाज अनुसार लाठी नाँच, झुमरा नाच लगायतका मौलिक नृत्य एवम् थारू विशेष खानाका परिकार र खानपिन सहित अन्य रमाईलो कार्यक्रमको आयोजना गरिएको थारु सोसाईटी सिड्नीका पब्लिक अफिसर अरुण आर्यन चौधरीले जानकारी दिए । त्यस्तै कार्यक्रममा चर्चित गायिका अनु चौधरीको समेत बेजोड सांगीतिक प्रस्तुती रहनेछ ।

अष्ट्रेलियामा रहेका थारुहरुबीच भाइचारा कायम गर्दै थारु कला संस्कृतिको जगेर्ना एवम् चाडपर्वहरुबीच एक आपसमा शुभकामना आदान प्रदान सहित पर्वको उत्सवको रुपमा महोत्सव आयोजना गरिएको चौधरीले जानकारी दिए ।

सोसाईटीले चौँथो माघी महोत्सवसम्म निरन्तर भव्य रुपमा कार्यक्रम सम्पन्न गर्दै आईरहेको भन्दै उपस्थितिका लागि सम्पूर्ण थारू समुदाय लगायत सबै  लाई हार्दिक अनुरोध गरेको छ । कार्यक्रम सम्बन्धी जानकारीका लागि अरुण आर्यण चौधरीलाई ०४०१४३५९५९ वा संस्थाका अध्यक्ष दीप नारायण चौधरीलाई ०४११६८८७९८ सम्पर्क गर्न अनुरोध गरिएको छ  ।

प्रतिक्रिया

सम्बन्धित खवर