मेलवर्न । हाम्रो कम्युनिटी मेलवर्नद्वारा सञ्चालित ‘हाम्रो वर्णमाला’लाई भिक्टोरिया राज्य सरकारले आधिकारिक भाषा विद्यालयको रुपमा मान्यता दिएको छ । २०२३ जुलाईमा विधिवत रुपमा दर्ता भएर सञ्चालन भइरहेको यो विद्यालयले हालै आधिकारिक भाषा विद्यालयको रुपमा मान्यता प्राप्त गरेको हो ।
कम्युनिटीका अध्यक्ष प्रकाश अर्यालले दिएको जानकारी अनुसार भिक्टोरिया सरकारले ‘हाम्रो वर्णमाला’ भाषा विद्यालयलाई २०२७ को ३१ डिसेम्बरसम्मको लागि भाषा विद्यालयको रुपमा सम्बन्धन दिएको जनाकारी दिए ।
मेलवर्नमा हुर्कदै गरेका नेपाली मूलका बालबालिकाहरुलाई नेपाली भाषा, कला, संस्कृति, नृत्य आदि सिकाउने उद्धेश्यसहित स्थापित विद्यालयलाई यो सफलता मिलेको अध्यक्ष अर्यालले यस विद्यालयलाई संस्थागत रुपमा दीर्घकालिन रुपमा विकास गर्न मद्दत पुग्ने विश्वास गरे ।
हाल टार्नेटस्थित मेनभ्यू बुलभार्ड फेमिली लर्निङ सेन्टरमा उक्त विद्यालयले नेपाली मूलका बालबालिकाहरुलाई नेपाली भाषा, कला, संस्कृति सिकाउँदै आएको छ । विद्यालयका प्रध्यानाध्यापक सुभाष घिमिरेले विद्यालयले अब सरकारबाट सन्चालनको निम्ती अनुदान तथा सहयोग हरु पाउने बताए ।
अब नयाँ क्पाम्सहरु थपिएको खण्डमा नयाँ सम्बन्धन प्राप्त गर्नुपर्ने पनि सरकारले जानकारी दिएको छ ।
यस्तै विद्यालयमा नयाँ शैक्षिक सत्रको निम्ती भर्ना खुल्ने तयारी छ । केही समयमा आधिकारिक रुपमा भर्ना खुलाउने जानकारी दिदै प्रध्यानाध्यापक घिमिरेले अघिल्लो शैक्षिक सत्रमा ३९ जना बालबालिकाहरुले अध्ययन गरिरहेको बताए । विद्यालयले हरेक शुक्रवार साँझ ६ देखि ८ बजेसम्म कक्षा चलाउँदै आएको छ । जसमा १ घण्टा नृत्य र १ घण्टा भाषासम्बन्धी पढाई हुन्छ । घिमिरेले भाषा सम्बन्धी पढाउने गरेका छन् भने मनिशा प्रसाईले नृत्य पढाउने गरेकी छिन् ।
हेर्नुहोस् विद्यालयलाई प्राप्त पत्र