एएनएमसीमा सरस्वती पूजा र महाशिवरात्री पर्वको विशेष तयारी

मेलवर्न । अष्ट्रेलियाली नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)मा महाशिवरात्री र सरस्वती पूजाको विशेष तयारी भइरहेको छ । यही २६ फेब्रुअरीको दिन महाशिवरात्री पूजा र ३ फेब्रुअरीको दिन सामूहिक श्रीपञ्चमी, सरस्वतीपूजा र बाल संस्कार महोत्सव भव्यताका साथ मनाउन लागिएको एएनएमसीका अध्यक्ष गान्धी प्रसाद भट्टराईले जानकारी दिए ।

सरस्वती पूजाको दिन सोमबार सरस्वती पूजा, बालबालिकाहरुलाई शैक्षिक उपहार वितरण, कथावाचन, रेखाचित्र, जम्पिङ, पपकर्न लगायतका त्रियाकलापहरु राखिएका छन् । साँझ ४ बजेदेखि ८ बजेसम्म मन्दिर प्रङ्गणमा हुने उक्त कार्यक्रममा उपस्थित भई कार्यक्रममा संलग्न हुन आयोजकले आग्रह गरेको छ । भक्तजनको लागि मन्दिर भने दिनभर नै खुला रहनेछ ।

यस्तै महाशिवरात्रीको दिन २६ फेब्रुअरी बुधबार विशेष शिव पूजा बिहान ७ देखि ११ बजेसम्म हुने भएको छ, विहान साढे नौ बजे रुद्राभिषेक तथा हवन, १२ देखि ५ बजेसम्म शिव झाँकी, भजन कृतन तथा प्रवचन, ५ बजे टिका ग्रहण, ३ देखि ७ बजेसम्म भण्डारा तथा प्रसाद वितरण, ६ बजे पशुपति महा आरती र ८ बजे शिव धुनी कार्यक्रम रहेको छ । त्यसैगरी बालबालिकाहरुका विभिन्न गतिविधिहरु पनि हुने भएका छन् ।

विहान ७ देखि राती ९ बजेसम्म पूजाआजाका विभिन्न कार्यक्रमहरु हुने भएका छन् भने भक्तजनहरुको लागि दिनभर नै मन्दिर खुला रहनेछ । थप जानकारीको लागि कार्यक्रम संयोजक दिपक आचार्य, शैलेश घिमिरे र मन्दिरका मूल पूजारी नारायण ज्ञावलीलाई सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय