नसेमको अध्यक्षमा आलोक पौडेल, यस्तो बन्यो नयाँ कार्यसमिति

मेलवर्न । नेप्लिज एसोसियसन अफ साउथ इस्ट मेलवर्न (नसेम) को अध्यक्षमा आलोक पौडेल निर्वाचित भएका छन्।

संस्थाको हालै सम्पन्न साधारण सभाले पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा रमेश खड्का, सचिव प्रमेश बरुवाल, कोषाध्यक्ष गोविन्द अधिकारी चयन भएका छन् भने सदस्यहरूमा मित्र प्रसाईं, बिकास लामिछाने, अमर साह, नवराज कलौनी, मनोज खड्का, सिमरन महर्जन र यदु धिताल चयन भएका छन् ।

सभाको मुख्य अतिथि गुल्मी समाजका अध्यक्ष टंक कंडेल रहेका थिए भने कार्यक्रमको अध्यक्षता नसेमका अध्यक्ष राहुल पोखरेलले गरे।

सभामा नयाँ निर्वाचित अध्यक्ष अलोक पौडेलले नसेमका परम्परागत कार्यक्रमहरूलाई अगाडि बढाउने बताउँदै केही थप जागरूकता सत्रहरू आयोजना गर्ने योजना बताए। उनले संघलाई अझ प्रभावकारी बनाउन दक्षिण पूर्व मेलबर्नमा सरकारी निकायहरू र अन्य सामुदायिक संगठनहरूसँग समन्वय मिलाउन विशेष ध्यान दिने बताए।

सभा समाप्त पछि नयाँ र पुरानो टिमले संयुक्त रूपमा क्यासिन्ड्रा फर्नान्डो एमपीको आमन्त्रणमा अस्ट्रेलिया दिवसको उत्सवमा सहभागीता जनाए। यस अवसरमा समुदायले एकताको सन्देश दिँदै सांस्कृतिक आदानप्रदान गरे।

नसेमले नेपाली समुदायलाई संगठित र सशक्त बनाउने दिशामा अग्रसर रहँदै आएको छ। नयाँ कार्यसमितिले समुदायको आवश्यकता अनुसार नयाँ कार्यक्रमहरू थप्दै संघलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय