काठमाडौं । नेपालमा भूकम्पको धक्का महसुस भएको छ । राती २ बजेर ५० मिनेटमा भूकम्प गएको हो । भूकम्पको कम्पनसँगै मानिसहरु आत्तिएर घरबाहिर निस्किएका छन् ।
अर्थक्वेक नेटवर्कको अनुसार अनुसार नेपालको गोकर्णेश्वरदेखि ५५ किमीको दूरीमा केन्द्रविन्दु बनाएर ५.५ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ ।
भूकम्पबारे विस्तृत विवरण भने प्राप्त हुन बाँकी छ।
अपडेटः
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान राति २ बजेर ५१ मिनेटमा ६.१ रेक्टर स्केलको भूकम्प मापन गरिएको हो ।
केन्द्रबिन्दु सिन्धुपाल्चोक रहेको छ । यसबारे थप विवरण आउन बाँकी छ ।