अष्ट्रेलियामा हुन्डीमार्फत नेपाली ठगी गर्ने नेपालीको ‘पिआर’ रद्ध, अष्ट्रेलियाबाट ‘देशनिकाला’ !

मेलवर्न । हुण्डीमार्फत ठगी गरेको आरोपमा दोषी ठहरिएपछि एक नेपाली नागरिकको अष्ट्रेलियन स्थायी आवासीय भिसा (सबक्लास १८९) रद्द भएको छ। सन् २००८ मा अष्ट्रेलिया आएका केसी थरका व्यक्ति मार्च २०२२ मा हुण्डीको नाममा आर्थिक ठगी गरेको अभियोगमा दोषी ठहर भएका थिए।

भिक्टोरिया राज्यको काउन्टी अदालतले उनलाई तीन वर्ष १० महिना (४६ महिना) को जेल सजाय तोकेको थियो। त्यसको केही हप्ता पछि, १२ अप्रिल २०२२ मा, अष्ट्रेलियाको आप्रवासन विभागले उनको १८९ वर्गको स्थायी आवासीय भिसा रद्द गरेको हो।

अष्ट्रेलियाको आप्रवासन ऐन १९५८ अनुसार गम्भीर आपराधिक गतिविधिमा संलग्न व्यक्ति वा उनीहरूबाट अष्ट्रेलियाको सुरक्षा वा समुदायमा खतरा हुने ठहरिएमा उनीहरूको भिसा रद्द गर्न सकिन्छ।

व्यवसायको आवरणमा हुण्डी
केसीले अष्ट्रेलियामा सामान आयात निर्यातको व्यवसाय गर्दै आएका थिए र सन् २०१४ देखि अनौपचारिक रेमिट्यान्स (हुण्डी) सेवा सञ्चालन गर्न थालेका थिए। उनले आफ्नो सामाजिक सञ्जाल प्रयोग गरेर अष्ट्रेलियामा रहेका नेपालीहरूसँग पैसा उठाउँदै नेपालमा रहेका तिनीहरूको परिवारलाई रकम पठाउने वाचा गरेका थिए।

तर, उनले संकलन गरेको पैसा नेपालमा नपठाई आफैँ उपयोग गर्न थालेपछि समस्या सुरु भयो। पैसा फिर्ता माग्दा जे गर्न सक्छस् गर भन्ने जस्ता धम्कीयुक्त भाषा प्रयोग गर्न थालेपछि पीडितहरू प्रहरीमा पुगेका थिए।

विद्यार्थी र टेम्पोररी भिसाधारीहरू मुख्य निशाना

उनको योजना अन्तर्गत विशेष गरी विद्यार्थी र टेम्पोररी भिसामा रहेका नेपालीहरू ठगिएका थिए। स्रोतका अनुसार उनले दुई लाख २० हजार अष्ट्रेलियन डलरभन्दा बढी रकम संकलन गरेका थिए।

नेपाली समुदायका अगुवाहरूले पीडितहरूलाई न्याय दिलाउन पहल गरे पनि केसीले पैसा फिर्ता गर्ने आश्वासन मात्र दिए, व्यवहारमा भने केही गरेनन्।

भिसा रद्दपछि अपिल पनि खारेज
केसीले आफ्नो भिसा रद्दको निर्णय विरुद्ध प्रशासनिक अपिल न्यायाधिकरण (Administrative Appeal Tribunal AAT) मा अपिल गरे। तर, न्यायाधिकरणले सबै पक्षको मूल्याङ्कन गर्दै भिसा रद्द गर्ने आप्रवासन विभागको निर्णयलाई सदर गर्‍यो। अब उनले जेल सजाय पूरा गरेपछि अष्ट्रेलियाबाट निष्कासन डिपोर्ट हुनेछन्। यद्यपि अब उनीसँग यसका विरुद्ध उच्च अदालत जाने बाटो भने बाँकी नै छ ।

न्यायाधिकरणले गरेको भिजा रद्धसम्बन्धी फैसलाको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस्

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय