मेलवर्न । अष्ट्रेलियामा शनिवार (आज) संघीय निर्वाचन हुँदैछ । साँझ ६ बजेबाट नै मतगणना शुरू हुने निर्वाचन आयोगले जनाएको छ । यसको परिणाम शनिबार राति थाहा हुने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री एन्थोनी अल्बानीज र विपक्षी नेता पीटर डटनले आफ्नो आफ्नो उम्मेदवारको पक्षमा प्रचार प्रसार गरेका छन्।
प्रारम्भिक नतिजा राति १० बजे सम्म थाहा हुने सम्भावना छ। तर, व्यक्तिगत निर्वाचन क्षेत्र र सिनेटका नतिजा थाहा हुनमा थप समय लाग्न सक्छ।
यसपटकको निर्वाचनमा अष्ट्रेलियामा उल्लेखनीय मात्रामा प्रारम्भिक मतदान भएको छ। तर, प्रारम्भिक मतदाताका मतहरूको गणना राति नै सुरु भए पनि, अन्तिम नतिजा थाहा हुनमा थप समय लाग्न सक्छ।
दुबै मुख्य दलहरुको एजेन्डा भने अष्ट्रेलियाको हाउजिङ, जीवन यापन खर्च, आप्रवासन नीति लगायत रहेका छन् ।