काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने भएको छ । शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना गरेर दिगो बनाइने बताएका हुन् ।
स्वास्थ्य बीमा सेवालाई दिगो बनाउने गरी सरकार अघि बढ्ने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै, स्वास्थ्य सेवालाई पहुँचयोग्य बनाउन पूर्वाधार विकास, जनशक्ति र सेवाग्राहीबीचको असन्तुलन हटाउने सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ ।