हाम्रो वर्णमालाको आयोजनामा अन्तरविद्यालय स्तरीय हिज्जे प्रतियोगिता

मेलवर्न । हाम्रो कम्युनिटी मेलवर्नद्वारा सन्चालित नेपाली भाषा विद्यालय ‘हाम्रो वर्णमाला’ले मेलवर्नमा रहेका नेपाली भाषा विद्यालयमा अध्ययन गरिरहेका बालबालिकाहरुलाई नेपाली भाषाको विज्ञता बढाउने उद्धेश्यका साथ अन्तरविद्यालय स्तरीय हिज्जे प्रतियोगिता अयोजना गरेको छ ।

अजि फाइनान्सको मुख्य प्रयोजनमा मेल्टन सामुदायिक हलमा आगामी १ जुन आइतवारको दिन उक्त हिज्जे प्रतियोगिता आयोजना गरिएको हो ।

विद्यालयका प्रध्यानाध्यापक सुभास घिमिरेले हालसम्म न्याभ बाल चौतारी मरन्डाबाट २ समूह, इडब्लुएनसी बाल वाटिकाबाट २ समूह, क्र्यानबर्न ज्ञानज्योती पाठशालाबाट २ समूह, मेल्टन स्कूलबाट २ समूह र बालचौतारी ह्विन्डमबाट २ समूहको नाम दर्ता भइसकेको जानकारी दिए । त्यसैगरी अनय विद्यालयहरुबाट पनि नाम दर्ताको क्रम चलिरहेको र नाम दर्ता यही आइतवार अर्थात १८ मे मा बन्द हुने जनाइएको छ ।

विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म हुने उक्त प्रतियोगितामा प्रथम हुने विद्यालय समूहले १ हजार डलर नगद, द्वितिय हुने समूहले ५ सय डलर तथा तृतिय हुने समूहले २५० डलर नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी सबै विजेतालाई ट्रफी सहित सम्मान गरिनेछ ।

दर्ता शूल्क २५ डलर तोकिएको छ ।

कार्यक्रम सफल पार्ननको लागि अजि फाइनान्स सँगै आइसीएस इन्टरनेशनल, ८८४८ फेमिली मार्ट, डेस्टिनी होम, ग्लोबल सिएसए, तिनकुने रेष्टुरेन्ट, जाभा एनर्जी, रोमिङ नेपाल, जीवन रसाइली ज्वेलरीले सहयोग गरेका छन् । कार्यक्रमबाट थप जानकारी लिनको निम्ती हाम्रो कम्युनिटीको विद्यालय हाम्रो वर्णमालाका प्रध्यानाध्यापक सुभास घिमिरेलाई सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ ।

यस हिज्जे प्रतियोगिताले मेलवर्नमा हुर्कदै गरेका नेपाली मूलका बालबालिकाहरुलाई नेपाली भाषा सिक्न र बुझ्न मद्धत गर्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय