हाम्रो वर्णमालाद्वारा आयोजित हिज्जे प्रतियोगितामा क्र्यानबर्न ज्ञानज्योति पाठशालाको जित

मेलवर्न । हाम्रो कम्युनिटी मेलवर्नद्वारा सन्चालित नेपाली भाषा विद्यालय ‘हाम्रो वर्णमाला’ द्वारा आयोजित नेपाली शब्द हिज्जे प्रतियोगिता क्र्यानबर्न ज्ञानज्योति पाठशालाका बालबालिकाहरुले जितेका छन् । १ जुन २०२५को दिन मेल्टन कम्युनिटी हलमा भएको प्रतियोगितामा भिक्टोरियामा रहेका नेपाली समुदायका बालबालिकालाई नेपाली भाषा र संस्कृतिप्रति अभिप्रेरित गर्ने उद्धेश्य राखिएको थियो ।

अजि फाइनान्सको मुख्य प्रयोजनमा आयोजित यस कार्यक्रममा १२ नेपाली सामुदायिक विद्यालयका २२ समूहले सहभागिता जनाएका थिए।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै क्र्यानबर्न ज्ञानज्योति पाठशालाका कोसिश थापा, आरुषी खरेल, र कृति खरेलले च्याम्पियनको उपाधि जित्न सफल भए। त्यस्तै, हाम्रो कम्युनिटीको हाम्रो वर्णमालाका स्वर्णिम भण्डारी, जस्मिन मरासिनी, र सुलिना घिमिरे द्वितिय तथा हाम्रो नेपाली पाठशाला भर्मन्ट साउथका रोजा बासेल, अमेलिया सिबु श्रेष्ठ, र आरव पौडेल तृतिय घोषित भए। प्रथम हुने विद्यालय समूहले १ हजार डलर नगद, द्वितिय हुने समूहले ५ सय डलर तथा तृतिय हुने समूहले २५० डलर नगद पुरस्कार सहित ट्रफी प्राप्त गरेका छन् ।

सबैभन्दा कम उमेरको सहभागिको रुपमा अदभिक अधिकारीलाई पनि सम्मान गरियो ।

कार्यक्रममा सहभागी सबै समूहले उत्कृष्ट प्रदर्शन गरेका थिए। निर्णायक मण्डलका सदस्यहरु सुदिप श्रेष्ठ, रमेश घिमिरे र रमेश मरासिनीका अनुसार, शीर्ष स्थानहरूका लागि प्रतिस्पर्धा अत्यन्तै कडा थियो र विजेताहरूको छनोट गर्न कठिनाइ भएको थियो।

आयोजक हाम्रो कम्युनिटीका अध्यक्षले प्रकाश अर्यालले नयाँ पुस्तालाई नेपाली भाषा र संस्कृतिप्रति जोड्ने उद्धेश्यको साथ उक्त प्रतियोगिता आयोजना गरिएको बताए । उनले भने, यस प्रकारका कार्यक्रमहरूले बालबालिकामा भाषा सिक्ने रुचि बढाउनुका साथै उनीहरूलाई आफ्नो मूल संस्कृतिसँग जोडेर राख्न महत्वपूर्ण भूमिका खेल्दछन्।

कार्यक्रमको सफल आयोजनाका लागि आयोजक संस्थाले सहभागी विद्यालयहरू, अभिभावकहरू, स्वयंसेवकहरू, प्रायोजकहरू, र सम्पूर्ण समुदायप्रति आभार व्यक्त गरेको छ।

कार्यक्रम सफल पार्ननको लागि अजि फाइनान्स सँगै आइसीएस इन्टरनेशनल, ८८४८ फेमिली मार्ट, डेस्टिनी होम, ग्लोबल सिएसए, तिनकुने रेष्टुरेन्ट, जाभा एनर्जी, रोमिङ नेपाल, जीवन रसाइली ज्वेलरीले सहयोग गरेका थिए । नेपाली संघ भिक्टोरियाका अध्यक्ष डा. यकिन्द्र तिमिल्सिना, न्याभका संस्थापक अध्यक्ष डा. राजु अधिकारी, समाजसेवी राम कुमार श्रेष्ठ लगायतको विशेष उपस्थिती रहेको कार्यक्रमको सन्चालन हाम्रो कम्युनिटीका युवा संयोजक अनिश शर्मा गैरेले गरेका थिए । आयोजक संस्थाले यसप्रकारको नेपाली भाषाको हिज्जे प्रतियोगिता अष्ट्रेलियामै पहिलो पटक नेपाली समुदायमा आयोजना भएको दाबी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय